संसदमा सभामुखको सक्रिय पहलकदमीको अपेक्षा गरिएको छ– प्रतिपक्ष « Khabarhub

संसदमा सभामुखको सक्रिय पहलकदमीको अपेक्षा गरिएको छ– प्रतिपक्ष


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदलाई अवरोध गर्न नभइ गतिशिल बनाउन चाहेको बताएको छ ।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सोमबारको संसद बैठकमा सुशासन, लोकतन्त्र, मानवअधिकारका आधारभूत विषय प्रभावकारी ढंगमा अघि बढाउन आवश्यक रहेको बताइन् ।

सभामुख कृष्णबहादुर महराको सक्रिय पहलकदमीको अपेक्षा गर्दै संसद चलाउन आफूहरु तयार रहेको भन्दै सर्वदलीय बैठकमा भएको सहमति अनुसार संसद प्रभावकारी ढंगमा सञ्चालन हुने विश्वास व्यक्त गरिन् ।

‘कांग्रेस कुनै पनि हिंसा हत्याको पक्षमा छैन । हिंसा र हत्याको गतिविधिलाई शान्तिपूर्ण रुपमा अघि बढाउनुपर्छ भन्ने मान्नयता हिजो पनि थियो र भोलि पनि यथावत रहेको कुरा निवेदन गर्न चाहन्छु’ सांसद भुसालले भनिन्,‘ लोकतन्त्र, मानवअधिकार, संविधानवादको विषयवस्तुका बारेमा वकालत गर्न कांग्रेसले आफ्नो धारणा राखेको हो । शान्ति सुरक्षाका बारेमा सरकार र राज्य गम्भीर बन्नुपर्छ । संसदले लोकतन्त्रको मुद्दाई संसदमार्फत समाधान गर्नुपर्छ ।’

सरकारलाई संसद प्रति जिम्मेवार बनाउन आवश्यक रहेको भन्दै सांसद भुसालले जनताका सरोकारका विषयलाई संसदबाट उठान गरेर यहीबाट समाधान गर्नुपर्ने बताइन् ।

यसअघि नेपाली कांग्रेस र राजपाले सलाही घटना बारे उठाएको मानअधिकारको विषय संसदबाट समाधान गर्नुपर्ने आफूहरु माग यथावत रहेको बताइन् ।

त्यस्तै राजपाका सांसद राजकिशोर यादवले वार्ताको माध्यमबाट जस्तो सुकै समस्या समाधान गर्न सकिन्छ भन्ने मान्ता स्थापित भएको बताएका छन् ।

लोकतन्त्रको सबैभन्दा ठूलो मन्दिर संसद भएको भन्दै सांसद यादवले जनसरोकार भएका विषय सदनमा उठाउने र सदनको प्रमुखको रुपमा सभामुखले ग्रहरण गरेर सरकारलाई संसदप्रति उत्तरदायी बनाउन निर्देशन दिने काम गर्नुको विकल्प नभएको बताए ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  २ : १७ बजे

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ

चिकित्सकको त्रुटिविरुद्ध सर्वोच्चको आदेश- ‘पीडितको शारीरिक- मानसिक क्षति राज्यले भर्नुपर्छ’

काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा झण्डै २ दशकअघि भएको

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका