बस भित्रै कम्प्युटरको पढाई, मोबाइल ल्याब बसबाट ६ हजार विद्यार्थीलाई सेवा « Khabarhub

बस भित्रै कम्प्युटरको पढाई, मोबाइल ल्याब बसबाट ६ हजार विद्यार्थीलाई सेवा


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको राजस्थानस्थित नागौर जिल्लामा विद्यार्थीमा कम्प्युटर शिक्षाको पहुँच पुर्‍याउने उद्देश्यका साथ कम्प्युटर ल्याब भएको अत्याधुनिक मोबाइल बस निर्माण गरिएको छ ।

जिल्लाका एक सय विद्यालयमा अध्ययनरत करिब ६ हजार विद्यार्थीले यस बसमार्फत कम्प्युटर शिक्षा लिन सक्ने सूरजमल तापडिया संस्कृत महाविद्यालयका सचिव जुगल किशोर बियानीले बताए ।

सूरजमल तापडिया मेमोरियल ट्रष्ट तथा सुप्रिम फाउण्डेशनको संयुक्त पहलमा कम्प्युटर ल्याब मोबाइल बस सेवा शुरु गरिएको हो । उक्त जिल्लाका ११ र १२ औँ कक्षामा अंग्रेजी, विज्ञान तथा कम्प्युटर जस्ता विषयमा विद्यार्थीका लागि ल्याब नभएकाले यस सेवाबाट ती विद्यार्थी लाभान्वित हुने विश्वास लिइएको छ ।

लाडनु क्षेत्रमा १ सय ९२ सरकारी विद्यालयहरु रहेका छन् । त्यहाँ एक सय विद्यालयमा ल्याब तथा अन्य आधुनिक संसाधनको अभाव रहेको छ । कम्प्युटर ल्याब मोबाइल बस हरेक दिन तीनवटा विद्यालयमा पुग्ने छ । यसको प्रयोग सफल भएको खण्डमा बसको संख्या थपिने संस्कृत महाविद्यालयका सचिव किशोर बियानीले जानकारी दिए ।

उक्त बस निर्माणका लागि ४५ लाख भारतीय रुपैयाँ खर्च भएको बताइएको छ । एसी जडित सुविधायुक्त बसमा २१ वटा कम्प्युटर छन् ।

बसमा एकपटकमा २१ जना विद्यार्थीले अध्ययन गर्न सक्ने छन् । विद्यार्थीलाई अध्यापन गराउन हरेक विषयको तीन–तीन शिक्षकको पनि व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  २ : २४ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ