तपाईंको पिसाबमा नराम्रो गन्ध आउँछ ? गम्भीर रोगको कारण हुनसक्छ « Khabarhub

तपाईंको पिसाबमा नराम्रो गन्ध आउँछ ? गम्भीर रोगको कारण हुनसक्छ


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुत्र थैलीमा हुने संक्रमणलाई ‘साइस्टिसिस’ तथा मुत्राशय सुनिनु पनि भनिन्छ । महिलामा यस्तो समस्या देखिनु सामान्य नै मानिन्छ । तर, पुरुषहरु भने सामान्यतः यस्तो समस्याबाट ग्रसित हुँदैनन् ।

केही नगन्य ‘केस’हरुमा मात्रै पुरुषहरु यस्तो समस्याबाट ग्रसित भएका हुन् । एक अध्ययनका अनुसार आधाभन्दा बढीजसो महिलाले आफ्नो जीवनको कुनै न कुनै समयमा मुत्राशयको संक्रमणसँग सम्बन्धित समस्या भोग्नुपर्ने हुन्छ ।

तर, पुरुषहरुमा यस्तो समस्या देखिनुलाई असमान्य प्रकृतिको रुपमा लिइन्छ । पुरुषहरुमा बढ्दो उमेरसँगै मुत्राशयको संक्रमण हुने संभाना बढ्दै जान्छ । यस्तो समस्या अण्डकोषको आकारमा हुने वृद्धिका कारण हुन्छ ।

मुत्राशय संक्रमणका लक्षण

– पिसाब फेर्ने बेला जलन हुने (यो मुत्राशय संक्रमणको प्रारम्भिक लक्षण हो ),
– छिटो छिटो पिसाब लाग्ने,
– पिसाबले च्याप्दा पनि सहज रुपमा पिसाब फेर्न नसक्नु,
– पिसाबमा चर्को दुर्गन्ध आउनु,
– पिसाबको रंग धेरै रातो हुनु तथा कहिलेकाँही कालो हुनु,
– मुत्राशयमा ऐंठन हुनु ।

यस्तो अवस्थामा चिकित्सकलाई सम्पर्क गनुहोस्,

– माथि उल्लेख गरिएका (मुत्राशय संक्रमणसँग सम्बन्धित) लक्षण देखिएमा,
– उपचार पछि पनि मुत्राशयमा संक्रमण भएको लक्षण पुनः देखिएमा,
– पिसाब फेर्ने बेलामा दुख्ने, वान्ता हुने, तथा कम्मरमा चर्कोसँग दुख्ने समस्या भएमा ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  २ : ५१ बजे

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला)

भोटेकोशी बाढीमा बेपत्ता भएकाको मृत्यु प्रमाणपत्र जारी गर्ने तयारी

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

काठमाडौं– म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत तीन

दरबारमार्गमा दसैँको सेल, तर व्यापारमा छैन चमक (तस्बिरहरू)

काठमाडौं– दसैँ नजिकिएसँगै राजधानीको प्रमुख व्यापारिक क्षेत्र दरबारमार्गमा विभिन्न ब्रान्डका कपडा,

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता