तपाईंको पिसाबमा नराम्रो गन्ध आउँछ ? गम्भीर रोगको कारण हुनसक्छ « Khabarhub

तपाईंको पिसाबमा नराम्रो गन्ध आउँछ ? गम्भीर रोगको कारण हुनसक्छ


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुत्र थैलीमा हुने संक्रमणलाई ‘साइस्टिसिस’ तथा मुत्राशय सुनिनु पनि भनिन्छ । महिलामा यस्तो समस्या देखिनु सामान्य नै मानिन्छ । तर, पुरुषहरु भने सामान्यतः यस्तो समस्याबाट ग्रसित हुँदैनन् ।

केही नगन्य ‘केस’हरुमा मात्रै पुरुषहरु यस्तो समस्याबाट ग्रसित भएका हुन् । एक अध्ययनका अनुसार आधाभन्दा बढीजसो महिलाले आफ्नो जीवनको कुनै न कुनै समयमा मुत्राशयको संक्रमणसँग सम्बन्धित समस्या भोग्नुपर्ने हुन्छ ।

तर, पुरुषहरुमा यस्तो समस्या देखिनुलाई असमान्य प्रकृतिको रुपमा लिइन्छ । पुरुषहरुमा बढ्दो उमेरसँगै मुत्राशयको संक्रमण हुने संभाना बढ्दै जान्छ । यस्तो समस्या अण्डकोषको आकारमा हुने वृद्धिका कारण हुन्छ ।

मुत्राशय संक्रमणका लक्षण

– पिसाब फेर्ने बेला जलन हुने (यो मुत्राशय संक्रमणको प्रारम्भिक लक्षण हो ),
– छिटो छिटो पिसाब लाग्ने,
– पिसाबले च्याप्दा पनि सहज रुपमा पिसाब फेर्न नसक्नु,
– पिसाबमा चर्को दुर्गन्ध आउनु,
– पिसाबको रंग धेरै रातो हुनु तथा कहिलेकाँही कालो हुनु,
– मुत्राशयमा ऐंठन हुनु ।

यस्तो अवस्थामा चिकित्सकलाई सम्पर्क गनुहोस्,

– माथि उल्लेख गरिएका (मुत्राशय संक्रमणसँग सम्बन्धित) लक्षण देखिएमा,
– उपचार पछि पनि मुत्राशयमा संक्रमण भएको लक्षण पुनः देखिएमा,
– पिसाब फेर्ने बेलामा दुख्ने, वान्ता हुने, तथा कम्मरमा चर्कोसँग दुख्ने समस्या भएमा ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  २ : ५१ बजे

इजरायलमा यहुदी–अरब सहकार्यको माग

जेरुसेलम– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित

मौसम विभागले भन्यो- नेपालमा तीव्र हावाहुरीको सम्भावना छैन

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा

हुम्ला-सुर्खेत सडक जीर्ण, यात्रीलाई सास्ती

हुम्ला– हुम्ला–सुर्खेत सडक जीर्ण हुँदा यात्रीलाई सास्ती भएको छ ।

टीभीएस को ‘अचम्मैको महा एक्सचेन्ज मेला’ भृकुटीमण्डपमा : आकर्षक अफरसहित के छन् सुविधा ?

काठमाडौं– नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आजदेखि