संसदबाट राजेन्द्र महतोको प्रश्न– मेरो नागरिकता खारेज भएको हो ? « Khabarhub

संसदबाट राजेन्द्र महतोको प्रश्न– मेरो नागरिकता खारेज भएको हो ?


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य तथा सांसद राजेन्द्र महतोले सरकारबाट आफ्नो मानहानी भएको आरोप लगाएका छन् ।

सरकारले केही व्यक्तिको नागरिकता गरेको निर्णय सार्वजनिक भएको विषयमा सांसद महतोले आफ्नो मानहानी भएको आरोप लगाएका हुन् ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आइतबार मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै ८ जनाको नागरिकता खारेज गर्ने निर्णय भएको जनाएका थिए । सरकारले नागरिकता खारेज गरेका व्यक्तिमध्ये ‘राजेन्द्र महतो’ भन्ने नाम गरेका व्यक्ति पनि थिए ।

सामाजिक सञ्जालमा राजपा नेता महतोको नागरिकता खारेज भएको भन्ने हल्ला पनि चलेको थियो ।

सोही विषयलाई लिएर राजपा नेता महतोले सोमबारको संसद बैठकमा सरकारको ध्यानाकर्षण गराउँदै भ्रमको खेती नगर्न पनि चेतावनी दिए ।

सञ्चारमाध्यमबाट आफ्नो नै नागरिकता खारेज भएजसरी समाचार सम्प्रेषण भएको उल्लेख गर्दै नेता महतोले सञ्चार माध्यमबाट पनि गैर जिम्मेवार काम भएको आरोप लगाए ।

नेता महतोले सरकारले आफूसँग माफी माग्नुपर्ने माग पनि अगाडि सारे ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ३ : ०९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको