चिकित्सा शिक्षा आयोगको उपाध्याक्षका लागि ९ जनालाई अन्तरवार्तामा बोलाइयो « Khabarhub

चिकित्सा शिक्षा आयोगको उपाध्याक्षका लागि ९ जनालाई अन्तरवार्तामा बोलाइयो


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा उमेद्वारी दिएका ९ लाई अन्तरवार्ताका लागि बोलाइएको छ । आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले उमेद्वारी दिएका ११ जनामध्ये ९ जनालाई प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाएको हो ।

समितिले साउन २६ र २७ गते प्रस्तुतीकरण र अन्तरवार्ताका लागि लोक सेवा आयोगको कार्यलय अनामनगरमा बोलाएको हो । समितिले साउन १ गते प्रकाशित गरेको सूचनाको आधारमा आयोगको उपाध्यक्षको पदमा प्राडा पारश कुमार पोखरेल, प्राडा निलमणी उपाध्याय, प्राडा तरुण पौडेल, प्राडा यहुनचन्द्र सिवाकोटी प्राडा रमेशप्रसाद सिंह, प्राडा राजेन्द्रप्रसाद साह, प्राडा सुरेन्द्र शेरचन, प्राडा शम्भु कुमार पहारी, प्राडा श्रीकृष्ठ गिरी,प्राडा प्रमोद कुमार सर्राफ, र प्राडा जे.एन पाण्डेय हिमालीले आवेदन दिएका थिए ।

समितिले प्राडा सर्राफ र हिमालीको सूचना अनुसार चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि योग्य नभएको भन्दै आवदेन दद्द गरेको छ ।समितले आयोगको उपाध्याक्षका लागि आवेदन दिएका ६ जनाको दरखास्त रद्द गरेको थियो ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले असार ९ गते प्रकाशित गरेको सुचनाको आधारमा दरखास्त दिएका ६ जनाको दरखास्त रद्ध गर्दै सरकारले पुनः दरखास्त आह्वान गरेको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ९ : १५ बजे

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०