एनआरएन अष्ट्रेलियाको चुनाव कानूनी विवादमा, पुनः चुनाव गर्न माग (पत्रसहित) « Khabarhub

एनआरएन अष्ट्रेलियाको चुनाव कानूनी विवादमा, पुनः चुनाव गर्न माग (पत्रसहित)


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– गत महिना अष्ट्रेलियामा सम्पन्न गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको चुनाव कानुनी विवादमा परेको छ । चुनावका उम्मेद्वार तथा मतदाता सदस्यहरुले एनआरएनको चुनाव विधानअनुरुप सञ्चालन नभएको, चुनावका नियमहरु पलना नगरेको, सदस्यहरुको गोप्य सूचनाहरुको सुरक्षामा लापरबाही गरेको तथा नेतृत्वले गैरजिम्मेवार व्यवहार देखाएको आरोप लगाइएको छ ।

कानुनी रुपमा वकिलमार्फत एनआरएनका अध्यक्ष तोनु घोतानेलाई लेखिएको पत्रमा एनआरएन अष्ट्रेलिया आफ्नो मुख्य उद्देश्यबाट विमुख भई राजनैतिक, धार्मिक लगायतका क्षेत्र केन्द्रीत भएको आरोप लगाइएको छ ।

अष्ट्रेलियाको कानूनअनुरुप दर्ता भएको एनआरएनले सदस्यहरुको फोन नम्बर, मेडिकेयर कार्ड, इमेल लगायतका गोप्य सूचनाको सुरक्षामा लापरबाही गरेको गम्भीर आरोप लगाईएको छ । स्थानीय गोप्यताको कानूनअनुसार व्यक्तिका यस्ता विवरणहरुको गोप्यता सुरक्षा गर्नु सम्बन्धित संस्थाको दायित्व रहन्छ ।

चुनावमा भएका अवैधानिक गतिविधिबारे आफूले नेतृत्वलाई बारम्बार जानकारी गराएपनि पटकपटक बेवास्ता गरी अन्त्यमा गैरजिम्मेवार जवाफ दिएकाले आफूहरु बाध्य भएर स्थानीय कानूनअनुसार उपचार खोज्न बाध्य भएको एक सदस्यले खबरहबलाई जानकारी दिए । एनआरएनले लामो समयबाट सदस्यका आवाजलाई दबाएको र निजी संस्थाको रुपमा संगठनलाई चलाएकोसमेत उनले आरोप लगाए ।

कानूनी उपचारको खोजी सुरु भएको जानकारीसहितको पत्र आएपछि एनआरएन नेतृत्व भने आगामी बाटो तय गर्ने तयारीमा जुटेको स्थानीय नेपाली सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

गत महिना एनआरएन अष्ट्रेलियाको चुनाव प्रक्रिया चलिरहँदा अध्यक्षका प्रत्यासी केसव कँडेलको प्यानलका सदस्यलाई भोट गर्न अनुरोध सहितको एसएमएस मतदाताले पाएका थिए ।

नामै नसुनेका र नचिनेका उम्मेद्वारलाई चुनावमा मतदान गर्न एसएमएसमार्फत अपिल गरिएपछि मतदाता आश्चर्यमा परेका थिए । चुनाव गराउने जिम्मेवारी पाएको निर्वाचन समितिले आफूहरुबाट कुनै गल्ती नभएको दावी गर्दै आएको छ । यद्यपि, जानकारहरु एनआरएनभित्रैबाट उम्मेद्वारहरुले मतदाताको विवरण लिएको बताउँछन् ।

हेर्नुहोस् पत्र

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ५ : ०१ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक