भ्रमण वर्ष २०२० मा सेनाको लिगलिगे दौडदेखि राष्ट्रसङ्घीय शान्ति गोष्ठिसम्म « Khabarhub

भ्रमण वर्ष २०२० मा सेनाको लिगलिगे दौडदेखि राष्ट्रसङ्घीय शान्ति गोष्ठिसम्म


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारको सन् २०२० को भ्रमण वर्षलाई सफल बनाउन नेपाली सेनाले ऐतिहासिक लिगलिगे दौडदेखि संयुक्त राष्ट्रसङ्घको शान्तिस्थापना कार्यसम्बन्धी गोष्ठीसम्म आयोजना गर्ने भएको छ ।

रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५/७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारको प्राथमिकतामा परेको भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सेनाले विभिन्न कार्यक्रम सञ्चालनका लागि गृहकार्य गरिसकेको जानकारी दिए ।

सरकारले भ्रमण बर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने घोषणा गर्दै उक्त कार्यलाई सफल तुल्याउन विभिन्न कार्यक्रमका साथ प्रचार प्रसारलाई तीव्र तुल्याएको छ ।

प्रधानसेनापति थापाले भने, ‘नेपाली सेनाले पनि उक्त कार्यक्रमलाई सफल तुल्याउन केही योगदान गर्नुपर्छ भनेर बहुराष्ट्रिय संयुक्त सैनिकबाट सगरमाथ आरोहण, जंगल सफारी र लामो पदयात्रा, उच्च तथा समथर भू–भागमा सहासिक खेल ट्राईथलन र म्याराथनजस्ता प्रतियोगिता सञ्चालन गरिने छ ।’

संयुक्त राष्ट्रसघीय शान्ति स्थापना कार्य सम्बन्धी सेमिनार, नेपालको गोरखाको ऐतिहासिक लिगलिगे दौड र प्याराग्लाइडिङजस्ता खेलकुदका माध्यमबाट नेपाल भ्रमणमा मित्रराष्ट्रका सेनालाई आकर्षण गरिने जनाउदैँ प्रधानसेनापति थापाले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन सेनाले सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ६ : ५५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु