शुक्लागण्डकीका भूमिहीनलाई दशैँसम्म लालपुर्जा दिइने « Khabarhub

शुक्लागण्डकीका भूमिहीनलाई दशैँसम्म लालपुर्जा दिइने


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारका भूमिहीन परिवारलाई दशैँसम्म लालपूर्जा दिने बताएकी छन् ।

लालपूर्जाविहीन अवस्थामा रहेका स्थानीयवासीसँग सोमबार भेटघाट गर्दै मन्त्री अर्यालले दशैँसम्म सबैलाई लालपुर्जा दिएर दशैँ खुशी साथ मनाउने वातावरण निर्माणका लागि सरकारले काम गरिरहेको बताइन् ।

अव्यवस्थित जग्गाको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले काम गरिरहेको भन्दै मन्त्री अर्यालले उक्त काम सकिने बित्तिकै भूमिहीनलाई लालपुर्जा वितरण गरिने बताएकी हुन् ।

मन्त्रिपरिषद्ले अव्यवस्थित जग्गाको समस्या समाधानका लागि निर्णय गरिसकेकाले उक्त निर्णय कार्यान्वयनका लागि कर्मचारीले खुट्टा कमाउन नहुने उनले बताइन् ।

सो अवसरमा मन्त्री अर्यालले भूमिमा अनेक खालका चलखेल हुने भन्दै शुक्लागण्डकीमा पनि त्यसको प्रयास भएको सूचना पाएको बताइन् ।

यस क्षेत्रका ८ सय घरधुरी बासिन्दा लामो समयदेखि लालपुर्जाविहीन अवस्थामा रहेका छन् । विसं २०११ देखि जग्गा दर्ता नहुँदा उनीहरु लालपुर्जाविहीन अवस्थामा छन् । विसं २०५६ मा दर्ता प्रक्रियामा रहेका उक्त जग्गा आम निर्वाचनलाई प्रभावित पार्ने भन्दै रोक्का गरिएपछि यहाँका स्थानीयवासीले लालपुर्जा पाउन सकेको थिएनन् ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ८ : २४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र