लामखुट्टेकै वरिपरी हुनुहुन्छ ? डेंगु हुनसक्छ, यसरी बच्नुस् « Khabarhub

लामखुट्टेकै वरिपरी हुनुहुन्छ ? डेंगु हुनसक्छ, यसरी बच्नुस्


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

हाल देशभर डेंगुको प्रकोप बढदै गएको छ । डेंगु ज्वरोका काण धेरै जना बिरामी परेका छन् ।

मानिसहहरुमा डेंगुको संक्रमणसँगै त्रास पनि बढेको छ । डेंगुको समयमा उपचार नहुँदा वा वेवस्ता गर्दा बिरामीको मृत्यु हुने जोखिम समेत रहन्छ । त्यसैले डेंगु लागेको हो वा होइन समयमै पहिचान गरी उपचार गर्नुपर्छ ।

डेंगुको लक्षणहरु यी हुन् :

–आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु,

– सबै शरीर दुख्नु,

–घांटी बस्नु,

–साना बिमिरा आउनु,

– शरीर चिलाउनु,

–वाकवाकी लाग्नु र वान्ता आउनु,

– छटपटी हुनु,

– रिंगटा लाग्नु,

–निद्रा नलाग्नु,

– हड्डी तथा मांशपेशी निकै दुख्नु,

–आँखा तथा घांटी रातो हुनु ।

डेंगुका बिरामीले चिकित्सकको सल्लाह अनुसार औषधि उपचार गरेरमा निको हुन्छ । डेंगुका बिरामीले औषधि उपचारसँगै विभिन्न कुरामा पनि ख्याल गर्नुपर्छ । डेंगुका बिरामीले ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुपर्छ ।

बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ । जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी र फलफुल र गेडागुडीको रस, दाल, सुप नियमित खानुपर्छ । डेंगुको कुनै बिशेष औषधि तथा खोप छैन ।

डेंगुबाट बच्न यस्तो गर्नुस्

–लामखुट्टे भगाउने स्प्रे अथवा लोसन शरीरमा लगाउने,

–बाहुला पुरा भएको शरीर ढाक्ने कपडा लगाउने,

–डेंगु लाग्ने लामखुट्टेले दिनमा बढी टोक्ने भएकोले दिउँसो सुत्दा झुल प्रयोग गर्ने,

–सकभर भीडभाडमा नजाने,

–घर वरिपरी पानी जम्ने खाल्डो पुर्ने,

–घरभित्र पानीलाई छोपेर राख्ने,

–बाथरुम ओभानो राख्ने,

– टायर र पाइप आदिमा पानी जम्न नदिने,

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १ : २४ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ