काङ्ग्रेस महाधिवेशन प्रतिनिधि प्रशिक्षणको तयारी « Khabarhub

काङ्ग्रेस महाधिवेशन प्रतिनिधि प्रशिक्षणको तयारी


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाली काङ्ग्रेसले भक्तपुरमा आयोजना गर्न लागेको प्रदेश नं ३ का सातवटा जिल्लाका महाधिवेशन प्रतिनिधिको दुईदिने प्रशिक्षणको तयारी पूरा भएको जनाएको छ ।

नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले यही भदौ २० र २१ गते मध्यपुरथिमि नगरपालिका–९ बोडे स्थित कृषि विकास बैंकको तालीम केन्द्रमा सो प्रशिक्षण गर्न लागेको हो । नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला कार्यसमितिको संयोजन तथा व्यवस्थापनमा आयोजना हुन लागेको प्रशिक्षण कार्यक्रमको तयारी पूरा भएको काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जानकारी दिए ।

उनले भने, “भक्तपुरमा प्रदेश नं ३ का १३ जिल्लामध्ये काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका सात जिल्लाका ३१० जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।”

प्रतिष्ठानले प्रदेश ३ मा दुई स्थानमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैछ । प्रदेश ३ का बाँकी ६ जिल्ला रसुवा, नुवाकोट, धादिड, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिका लागि मकवानपुरमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिने जनाइएको छ ।

काङ्ग्रेसले प्रदेश १ को धनकुटा र मोरङ, प्रदेश २ को जनकपुरधाम र वीरगन्ज तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको भीमदत्त नगरपालिकामा महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण चलाउने भएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ६ : २९ बजे

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’