पर्वतमा ग्याङ्ग फाइट– दुई घाइते, १६ जना पक्राउ | Khabarhub Khabarhub

पर्वतमा ग्याङ्ग फाइट– दुई घाइते, १६ जना पक्राउ


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वतमा दुई समूहबीच भएको कुटाकुटमा  दुई जना घाइते भएका छन् ।  कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले पर्वतमा १६ जनालाई पक्राउ गरेको छ ।

कुश्मा नगरपालिका–५ यान्त्रिकपुल नजिक भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।

पक्राउ पर्नेमा कुश्मा नगरपालिका–४ का सन्तोष परियार, करण गुरुङ, मुस्कान पुन, राजेश पुन, निशान पुन, नवीन क्षेत्री, अनमोल कुमाल, सुदीप परियार, सुगम बोहोरा, आविस्कार पौडेल, कुश्मा–५ का आशिष केसी, आश्विन क्षेत्री, कुश्मा–६ का अभिषेक पौडेल तथा वडा नं ७ का सुमन केसी र सुजन केसी रहेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

आपसी झडपमा घाइते भएका कुश्मा–५ का आस्विन क्षेत्री र कुश्मा–६ का आदित भण्डारीको जिल्ला अस्पतालमा उपचार गरिएको छ । कुटपिटमा संलग्न सबै विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको रायमाझीले बताए ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ७ : ४२ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल भदौ १३ गते शुक्रबार। भाद्र

आज २०८२ साल भदौ १३ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १३ गते शुक्रबार। भाद्र

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ