तपाईंको जन्मबार कुन हो ? विहीवार जन्मिएकाको हुन्छ प्रेम विवाह | Khabarhub Khabarhub

तपाईंको जन्मबार कुन हो ? विहीवार जन्मिएकाको हुन्छ प्रेम विवाह


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसले जन्मिदा आ-आफ्नै भाग्य लिएर आएका हुन्छन् भन्ने हिन्दू धर्म शास्त्रको मान्ता रहेको छ ।

धर्मशास्त्रअनुसार जन्मकै आधारमा मानिसको भाग्य पनि निर्धारण भएको हुन्छ । जन्म कुण्डलीअनुसार हरेक मानिसको भाग्य फरक–फरक रहने गर्छ ।

यस्तै सातवटा बारअनुसार हरेक बार जन्मने मानिसको भाग्य र स्वभाव पनि फरक रहने शास्त्रीय मान्यता छ । यसमा पनि बिहीबार(आज) जन्मेका व्यक्तिको भाग्य कस्तो हुन्छ ? यसबारे जानी राखौँ ।

विहीवार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । यो दिन जन्मेका व्यक्तिले मानिसहरुलाई निकै इज्जत गर्नेुहुन्छ । त्यसकारण मानिसहरुका लागि आदर्शवान व्यक्ति पनि कहलिने छन् । सफा र स्वच्छ बिचारधारका मालिक पनि हुनेछन् ।

बिहीबार जन्मेका व्यक्ति भित्र नेतृत्व गर्ने गुण हुन्छ, त्यसकारण जुन क्षेत्रमा काम गरेपनि यस्ता व्यक्तिले उक्त क्षेत्रको उच्च पद हाँसिल गर्न सफल हुनेछन् । निकै मेहनती र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहना राख्ने हुन्छन् ।

बिहीबार जन्मेका व्यक्ति स्वतन्त्रता मन पराउने भएका कारण बन्धनमा बस्न चाहँदैनन् । योबार जन्मेका व्यक्ति चाँडै नै मानिसहरुलाई विश्वास गर्ने हुन्छन् । यस्तै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम भेट्ने छन् ।

विहीवार जन्मेका व्यक्ति आकर्षक र अटेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनीहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ । स्वास्थ्यको दृष्टिकोणले विहीवार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् । जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई । विहीवार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १० : १६ बजे

एमालेका गल्ती, कमजोरी र भूलप्रति माफी माग्छु : विष्णु पौडेल

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतमा

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान

दसैँ नजिकिएसँगै बजार झरे लेकाली भेडाच्याङ्ग्रा

म्याग्दी – दसैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार

जेनजी आन्दोलनपछि पहिलो पटक देखिए ओली

काठमाडौं – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमालें)का अध्यक्ष केपी शर्मा

जीपी कोइराला उपचार केन्द्रमा डायलासिस क्षमता विस्तार

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा