नगरपालिका सार्न खोज्ने मेयर र सार्न नदिने उपमेयरबीचको लडाइँमा घाइते वृद्धको मृत्यु « Khabarhub

नगरपालिका सार्न खोज्ने मेयर र सार्न नदिने उपमेयरबीचको लडाइँमा घाइते वृद्धको मृत्यु


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– जनकपुरस्थित हँसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा भएको झडपमा घाइते भएक वृद्धको मृत्यु भएको छ ।

करिब एक महिना अघि (गत साउन २१) गते भएको झडपमा परी गम्भीर घाइते हँसपुर नगरपालिका २ का ५५ वर्षीय तपेश्वम मण्डलको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा बुधबार राति निधन भएको हो ।

नगरपालिकाको केन्द्र सार्न खोज्ने मेयर र सार्न नदिने उपमेयर समूहबीच साउन २१ गते झडप भएको थियो ।

बघचौरामा रहेको हँसपुर नगरपालिकाको केन्द्र मेयर रामज्ञान मण्डलले आफ्नो घर पायकको क्षेत्र बेल्हीमा सार्ने प्रयास गरेका थिए । उनले बेल्हीमा कार्यालयसमेत उद्घाटन गरेका थिए ।

साउन २१ गते बघचौरामा रहेको नगरपालिकाको कार्यालयबाट सामानहरु सारेर बघचौरा सार्न सोजिएपछि झडप भएको थियो । झडपमा उपमेयर रेणु झासहित केही घाइते भएका थिए ।

झडप भएपछि जिल्ला समन्वयमा बसेको बैठकले घाइतेको उपचार नगराउने लगायतको सहमति भएको थियो तर मेयरले उपचारमा चासो नदेखाउँदा मण्डलको मृत्यु भएको आरोप नेकपाको स्थानीय नेतृत्वले लगाएको छ ।

मण्डलको मृत्यु भएपछि आक्रोशित स्थानीयले अस्पताल अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले मेयरका कारण मण्डलको मृत्यु भएको भन्दै उनीमाथि कारवाही हुनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ८ : ५७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै