नगरपालिका सार्न खोज्ने मेयर र सार्न नदिने उपमेयरबीचको लडाइँमा घाइते वृद्धको मृत्यु « Khabarhub

नगरपालिका सार्न खोज्ने मेयर र सार्न नदिने उपमेयरबीचको लडाइँमा घाइते वृद्धको मृत्यु


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– जनकपुरस्थित हँसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा भएको झडपमा घाइते भएक वृद्धको मृत्यु भएको छ ।

करिब एक महिना अघि (गत साउन २१) गते भएको झडपमा परी गम्भीर घाइते हँसपुर नगरपालिका २ का ५५ वर्षीय तपेश्वम मण्डलको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा बुधबार राति निधन भएको हो ।

नगरपालिकाको केन्द्र सार्न खोज्ने मेयर र सार्न नदिने उपमेयर समूहबीच साउन २१ गते झडप भएको थियो ।

बघचौरामा रहेको हँसपुर नगरपालिकाको केन्द्र मेयर रामज्ञान मण्डलले आफ्नो घर पायकको क्षेत्र बेल्हीमा सार्ने प्रयास गरेका थिए । उनले बेल्हीमा कार्यालयसमेत उद्घाटन गरेका थिए ।

साउन २१ गते बघचौरामा रहेको नगरपालिकाको कार्यालयबाट सामानहरु सारेर बघचौरा सार्न सोजिएपछि झडप भएको थियो । झडपमा उपमेयर रेणु झासहित केही घाइते भएका थिए ।

झडप भएपछि जिल्ला समन्वयमा बसेको बैठकले घाइतेको उपचार नगराउने लगायतको सहमति भएको थियो तर मेयरले उपचारमा चासो नदेखाउँदा मण्डलको मृत्यु भएको आरोप नेकपाको स्थानीय नेतृत्वले लगाएको छ ।

मण्डलको मृत्यु भएपछि आक्रोशित स्थानीयले अस्पताल अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले मेयरका कारण मण्डलको मृत्यु भएको भन्दै उनीमाथि कारवाही हुनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ८ : ५७ बजे

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला– जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास