कृषि मन्त्री चक्रपाणी खनालमा डेंगुको संक्रमण, ग्राण्डीमा उपचार हुँदै | Khabarhub Khabarhub

कृषि मन्त्री चक्रपाणी खनालमा डेंगुको संक्रमण, ग्राण्डीमा उपचार हुँदै


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालमा डेंगुको संक्रमण देखिएको छ । शुक्रबार हेटौंडाबाट फर्किएका खनाल ज्वरो आएपछि अस्पताल पुगेका थिए ।

ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि मन्त्री खनाल निदान हस्पिटल पुगेका थिए ।

निदान हस्पिटलले डेंगु भएको आशंकामा मन्त्री खनाललाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेफर गरेको थियो ।
शुक्रराज अस्पतालमा रगत परीक्षण गराउँदा डेंगु भएको पुष्टी भएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ ।

मन्त्री खनाललाई हिजो (बुधबार)देखि ग्राण्डी अस्पतालमा भर्ना गरी स्वास्थ्य उपचार शुरु गरिएको जनाइएको छ ।

अहिले देशभर डेंगुको प्रकोप बढ्दै गएको छ । गत बैशाखमा सुनसरीबाट फैलिएको डेंगु हाल देशभरका ४८ जिल्लामा डेंगु फैलिएको छ ।

साउनदेखि यता मात्रै २५ सय ५९ जनामा डेंगु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ११ : १४ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय