बहामासमा आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो « Khabarhub

बहामासमा आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नस्साउ– अमेरिकी मुलुक बहमासमा आएको डोरियन नामको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।

अमेरिकातर्फ तीव्र गतिमा अघि बढिरहेको आँधीबाट बहामासमा ज्यान गुमाउनेको सङ्ख्या २० पुगेको बहामासका स्वास्थ्यमन्त्री डुआन स्याण्ड्सले जनाएका हुन् । आँधी हाल १६५ किलोमिटर प्रतिघण्टाको गतिमा अमेरिकाको पूर्वी तटतर्फ अघि बढिरहेको छ ।

आँधीले गत सेप्टेम्बर १ मा उत्तरी बहामासको अबाकोस तथा ग्राण्ड बहामा टापुमा दुई दिनसम्म भीषण वर्षा गराएको थियो । आँधी हाल कमजोर बन्दै गएको र बिहीबारसम्म आँधीले अमेरिकाको साउथ क्यारोलाइना वा नर्थ क्यारोलाइना राज्यमा भारी वर्षा गराउने अनुमान गरिएको छ ।

डोरियन आँधीबाट बहामासको जनजीवन अस्तव्यस्त भएको छ भने पूर्वी अमेरिकाका सयौं उडान रद्द गरिएका छन् । बहामासका प्रधानमन्त्री हुबर्ट मिन्निसले आँधीलाई इतिहासकै सबैभन्दा ठूलो विपद्को संज्ञा दिएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ५ : १६ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक