डेंगुको संक्रमण देखिएका मन्त्री खनाललाई ‘आईसीयू’मा सारियो « Khabarhub

डेंगुको संक्रमण देखिएका मन्त्री खनाललाई ‘आईसीयू’मा सारियो


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाललाई नर्मल वार्डबाट आईसीयूमा सारिएको छ ।

स्वास्थ्यमा डेंगुको संक्रमण देखिएपछि ग्राण्डि अस्पतालको नर्मल वार्डमा भर्ना भएका मन्त्री खनाललाई थप उपचारका लागि आईसीयूमा सारिएको अस्पताल स्रोतले जनाएको छ ।

गत शुक्रबार हेटौंडाबाट फर्किएका खनाललाई ज्वरो आएपछि अस्पताल पुगेका थिए । ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि मन्त्री खनाल निदान हस्पिटल पुगेका थिए ।

निदान हस्पिटलले डेंगु भएको आशंकामा मन्त्री खनाललाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेफर गरेको थियो ।

शुक्रराज अस्पतालमा रगत परीक्षण गराउँदा डेंगु भएको पुष्टि भएपछि उनलाई  बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरी  स्वास्थ्य उपचार शुरु गरिएको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ६ : ५० बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत