यू-१९ एसिया कप क्रिकेटः भारतको विजयी शुरुवात « Khabarhub

यू-१९ एसिया कप क्रिकेटः भारतको विजयी शुरुवात


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकामा बिहीबारबाट शुरु भएको एसीसी यू-१९ एसिया कप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ ।

भारतले कुवेतलाई डिएल पद्दतिको आधारमा ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

कुवेतले दिएको १ सय ११ रनको लक्ष्य भारतले १९ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा अर्जुन आजदले अविजित रहदै ६० रनको अर्धशतकीय इनिङ्स खेले ।

यसअघि वर्षाको कारण २३ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पुरै ओभरमा ७ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । कुवेतका लागि मिट भाबसरले सर्वाधिक २८ तथा गोकुल कुमारले २५ रन बनाएका थिए ।

भारतका आकाश सिंह र पूर्णक त्यागीले ३-३ विकेट लिए ।जितसँगै समूह ‘ए’ मा रहेका भारतले २ अंक जोडेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ७ : ०४ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने