गृहमन्त्री थापा र बंगलादेशी राज्यमन्त्री रहमानबीच भेटवार्ता « Khabarhub

गृहमन्त्री थापा र बंगलादेशी राज्यमन्त्री रहमानबीच भेटवार्ता


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहेका बङ्गलादेशको विपद् व्यवस्थापन तथा राहत राज्यमन्त्री एनामुर रहमानले भेटवार्ता गरेका छन् ।

गृहमन्त्रालयमा बिहीबार भएको भेटमा नेपाल–बंगलादेश द्विपक्षीय सम्बन्ध, आपसी हित र विपद् व्यवस्थापनमा दुई देशबीच सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले अनुभवको आदान–प्रदान र सहकार्यका माध्यमबाट दुई देशले विपद् व्यवस्थापनमा सहकार्य बढाउँदै लैजानुपर्ने बताए । गृहमन्त्री थापाले नेपालमा २०७२ सालमा गएको विनाशकारी भूकम्पमा बंगलादेशको तर्फबाट भएको सहयोगका लागि बंगलादेशका मन्त्री रहमान र उनीमार्फत त्यहाँको सरकारलाई धन्यवाद व्यक्त गरे ।

उने नेपालले विपद् व्यवस्थापनका लागि आवश्यक अधिकांश कानुनहरुको तर्जुमा गरिसकेको तथा संघ, प्रदेश र स्थानिय तहको समन्वयमा विपद् व्यवस्थापनको काम भईरहेको जानकारी दिए ।

बंगलादेशमका मन्त्री रहमानले नेपालले विपद् व्यवस्थापनको क्षेत्रमा गरेको कामहरु सिक्न लायक रहेको टिप्पणी गर्दै विपद्को क्षेत्रमा दुई देशको सहकार्य आवश्यक रहेको टिप्पणी गरे ।

उनले आफ्नो देशमा विशेषतः बाढी, चक्रवात, हुरीजस्ता प्राकृतिक विपद्का घटना बढी हुने गरेको जानकारी दिए । विश्व खाद्य कार्यक्रम बंगलादेशका देशीय निर्देशक रिचार्ड रेगनसमेत सहभागी भ्रमण दलले नेपालमा मानवीय सहायता केन्द्र निर्माणको ढाँचा र त्यसको कार्यसञ्चालनबारे समेत अध्ययन गर्ने बताईएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ७ : ४५ बजे

मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी– मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ । बर्दिबास

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला– जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको