अब एटिएमबाट दिनमा ६० हजार रुपैयाँ मात्रै झिक्न पाइने | Khabarhub Khabarhub

अब एटिएमबाट दिनमा ६० हजार रुपैयाँ मात्रै झिक्न पाइने


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले एटिएमबाट दैनिक ६० हजार रुपैयाँ मात्रै भुक्तानी दिन बैंकहरुलाई परिपत्र जारी गरेको छ । राष्ट्र बैंकले यसअघि एक लाख रुपैयाँसम्म नगद झिक्न पाउने रकमको सीमा घटाएर ६० हजार पुर्‍याएको हो ।

राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले तत्कालका लागि एटिएमबाट झिक्न पाउने रकमको सीमा घटाइएको जानकारी दिए।

त्यस्तै अब एक पटक कार्ड घुसाउँदा अधिकतम २० हजार रुपैयाँ मात्रै झिक्न पाइने छ। यसअघि एक पटकमा अधिकतम २५ हजार रुपैयाँसम्म झिक्न पाइने व्यवस्था थियो ।

गत शनिबार चिनियाँ ह्याकरले एटिएम प्रणाली नै ह्याक गरी एटिएमबाट रकम चोरेपछि राष्ट्र बैंकले नगद झिक्न पाउने सीमा घटाएको हो ।

राष्ट्र बैंकले परिपत्र जारी गरेसँगै बैंकहरुले भोलिदेखि नै यसलाई लागू गर्दैछन् ।

एटिएम प्रणाली ह्याक प्रकरणपछि राष्ट्र बैंकले अध्ययन गर्न गठन गरेको समितिले नेपाल र भारतबाट ३ करोड ५८ लाख रुपैयाँ झिकिएको ठहर गरेको छ। सो प्रकरणमा संलग्न ६ चिनियाँ नागरिक पक्राउ परेका छन् भने यससम्वन्धी अध्ययन गर्न फरेन्सिक टोली नेपाल आएको छ।

समितिले तीन महिनाभित्र बैंकका सबै कार्ड चिपयुक्त बनाउन सुझाव दिएको छ। हाल चिप नभएका कार्ड समेत प्रयोग भइरहेकाले तीन महिनापछि त्यस्ता कार्ड संचालन हुन नसक्ने व्यवस्था गर्न समितिले सुझाएको छ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ८ : २० बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय