अब एटिएमबाट दिनमा ६० हजार रुपैयाँ मात्रै झिक्न पाइने « Khabarhub

अब एटिएमबाट दिनमा ६० हजार रुपैयाँ मात्रै झिक्न पाइने


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले एटिएमबाट दैनिक ६० हजार रुपैयाँ मात्रै भुक्तानी दिन बैंकहरुलाई परिपत्र जारी गरेको छ । राष्ट्र बैंकले यसअघि एक लाख रुपैयाँसम्म नगद झिक्न पाउने रकमको सीमा घटाएर ६० हजार पुर्‍याएको हो ।

राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले तत्कालका लागि एटिएमबाट झिक्न पाउने रकमको सीमा घटाइएको जानकारी दिए।

त्यस्तै अब एक पटक कार्ड घुसाउँदा अधिकतम २० हजार रुपैयाँ मात्रै झिक्न पाइने छ। यसअघि एक पटकमा अधिकतम २५ हजार रुपैयाँसम्म झिक्न पाइने व्यवस्था थियो ।

गत शनिबार चिनियाँ ह्याकरले एटिएम प्रणाली नै ह्याक गरी एटिएमबाट रकम चोरेपछि राष्ट्र बैंकले नगद झिक्न पाउने सीमा घटाएको हो ।

राष्ट्र बैंकले परिपत्र जारी गरेसँगै बैंकहरुले भोलिदेखि नै यसलाई लागू गर्दैछन् ।

एटिएम प्रणाली ह्याक प्रकरणपछि राष्ट्र बैंकले अध्ययन गर्न गठन गरेको समितिले नेपाल र भारतबाट ३ करोड ५८ लाख रुपैयाँ झिकिएको ठहर गरेको छ। सो प्रकरणमा संलग्न ६ चिनियाँ नागरिक पक्राउ परेका छन् भने यससम्वन्धी अध्ययन गर्न फरेन्सिक टोली नेपाल आएको छ।

समितिले तीन महिनाभित्र बैंकका सबै कार्ड चिपयुक्त बनाउन सुझाव दिएको छ। हाल चिप नभएका कार्ड समेत प्रयोग भइरहेकाले तीन महिनापछि त्यस्ता कार्ड संचालन हुन नसक्ने व्यवस्था गर्न समितिले सुझाएको छ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ८ : २० बजे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ ।

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन– विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा

प्रशासनिक सुधारमा कठोर बन्दै सरकार : के भन्छन् प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार ?

काठमाडौँ – सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका

६ महिनामा २६ सय बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनामा