यी खानेकुराले बनाउँछ कपाल सुन्दर र मजबुत « Khabarhub

यी खानेकुराले बनाउँछ कपाल सुन्दर र मजबुत


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अरुको सुन्दर कपाल देख्दा लोभिने धेरै हुन्छन् । आफ्नो कपालसँग तुलना गर्दै मुख अमिलाउने पनि भेटिन्छन् ।

उनीहरुले सुन्दर कपालको चाहना राखेपनि कसुरी कपालको सुरक्षा गर्ने ? सुन्दर कपाल बनाउन के कस्ता खानेकुरा खाने भन्ने विषयमा ध्यान दिएको पाइँदैन ।

आज हामीले के कस्ता खानेकुराले कपाल सुन्दर र मजबुत बनाउँछ भन्ने विषयमा चर्चा गरेका छौं ।

कपाल लामो र सुन्दर बनाउन मानिसहरुले विभिन्न औषधी सेबन गर्छन्, तर खानपिनमा त्यति ध्यान दिँदैनन् । खानपिनकै कारण कपाल मजबुत र सुन्दर बन्छ भन्ने कुरा ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् ।

आल्मोन्डः नियमित आल्मोन्ड (बदाम) खाँदा कपाल बृद्धि गर्छ । आलमोन्डले छाललाई जोगाउने मात्र होइन यसमा हुने केराटिन नाम गरेको तत्वले कपाललाई मजबुत समेत बनाउँछ ।

सागपातः  कपाललाई मजबुत र सुन्दर बनाउन मेथाईसल्फनीमिथेन (एमएसएम) नामक तत्व चाहिन्छ । एमएसएमलाई अर्गानिक सल्फर पनि भनिन्छ, जुन केराटिनको विकासको लागि महत्वपूर्ण मानिन्छ ।

एभोकाडोः कपाल बृद्धि र झर्नबाट रोक्न एभोकाडो महत्वपूर्ण मानिन्छ । एभोकाडोबाट प्राप्त हुने ओमेगा ३ फ्याटी एसिडले कपाललाई स्वस्थ र बलियो बनाउछ । एभोकाडोलाई थिचेर यसलाई स्याम्पुको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

साल्मोनः साल्मोनमा हुने ओमेगा ३ फ्याटी एसिडले कपाललाई सुन्दर र आर्कषक बनाउन ।

अन्डाः प्रोटिन अभावमा हाम्रो शरिरका अंगहरु बृद्धि हुँदैनन् । कपालको वृद्धिमा पनि यही लागू हुन्छ । अन्डा प्रोटिनमात्र होइन यसमा बायोटिन पनि हुन्छ, जसले कपाललाई बलियो र सुन्दर बनाउछ ।

गेडागुडीः गेडागुडीमा प्रशस्त मात्रामा आईरनको मात्रा हुन्छ । शरिरको रक्त प्रवाहमा आइरन महत्वपूर्ण मानिन्छ । आईरनले कपालको जरा मजबुत बनाउछ । नियमित गेडागुडी खाँदा कपाल झर्नबाट रोकिनुका साथै कपालको जरा बलियो हुन्छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ७ : ३० बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले