सबैभन्दा धेरै मुनाफा कमाउने अरामको कम्पनी सेयर बजारमा आउँदै « Khabarhub

सबैभन्दा धेरै मुनाफा कमाउने अरामको कम्पनी सेयर बजारमा आउँदै


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वको सबैभन्दा धेरै मुनाफा कमाउने तेल कम्पनी अरामकोले सेयरबजारमा आउनका लागि आईपीओ जारी गर्ने भएको छ । यो विश्वकै सबैभन्दा ठूलो आईपीओ हुन सक्छ ।

साउदी अबरको यो तेल कम्पनीले रियाध स्टक एक्सचेन्जमा सूचीबद्ध हुने योजना बनाइसकेको छ । साउदी अबरको शाही परिवारको स्वामित्वमा रहेको यो कम्पनीको लगानी रजिस्ट्रेसनपछि आईपीओ लन्च प्राइस तय हुनेछ ।

कारोबार जगतका सूत्रहरुका अनुसार यो कम्पनीको मौजुदा सेयरमा एक वा दुई प्रतिशत सेयर उपलब्ध गराइनेछ । अरामकोको मूल्य १.३ ट्रिलियन डलर रहेको बताइएको छ ।

कम्पनीले विदेशी सेयरबजारमा लगानी लगाउने कुनै योजना नरहेको पनि स्पष्ट पारेको छ । अरामकोको बोर्ड अध्यक्ष यासिर अल रुम्यानले एउटा पत्रकार सम्मेलनमा भनेका छन्, ‘अन्तर्राष्ट्रिय सेयरबजारमा लगानी गर्नेबारेमा आउने समयमा बताउनेछौँ तर अहिलेलाई त्यस्तो योजना छैन ।’

अरामकोको इतिहास सन् १९३३ बाट शुरु हुन्छ । जब साउदी अबर र स्ट्यान्डर्ड आयल कम्पनी अफ क्यालिफोर्नियाबीच एक डिल टुट्यो । त्यसपछि सन् १९७३ र १९८० को बीचमा साउदी अरबले यो पूरै कम्पनी किन्यो ।

एनर्जी इन्फर्मेसन एडमिनिस्ट्रेसनका अनुसार साउदी अबरमा भेनेजुएलापछि सबैभन्दा बढी तेलको भण्डार छ । तेल उत्पादनमा पनि अमेरिकापछि साउदी अबर दोस्रो स्थानमा छ ।

अरामको दैनिक १० मिलियन ब्यारल कच्चा तेल उत्पादन र ३.५६ लाख मिलियन अमेरिकी डल कमाइ गर्ने विश्वकै सबैभन्दा ठूलो तेल कम्पनी हो । रिलायन्स इन्डस्ट्रिजका चेयरम्यान मुकेश अम्बानी अरामकोको २० प्रतिशत सेयर किन्ने घोषणा गरिसकेका छन् । यो भारतकै इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो विदेशमा लगानी हुनेछ ।

आईजी ग्रुपका चिफ मार्केट एनलिस्ट क्रिस बाउनले अरामकोमा लगानी गर्दा खतरा हुन सक्ने बताए । यसले कम्पनीका लागि रणनीतिक र राजनीतिक खतरा हुन सक्ने उनको तर्क छ ।

यस्तो खतरा गत सेप्टम्बरमा पनि आएको जब अरामकोको स्वामित्वमा रहेको तेल कम्पनीहरुमा हमला भयो । यो हमलामा अरामकोले ठूलो क्षति व्यहोर्नुपरेको थियो ।

यद्यपि कम्पनीका चिफ एग्जिक्युटिभ अमिन नासिरले हालै भएको हमलाले यसको कारोबार, आर्थिक स्थिति र अपरेसनमा कुनै असर नगरेको दाबी गरेका छन् ।

यता साउदी अबर अरामकोको अर्थव्यवस्थाको निर्भरता तेलमा कम गर्न सेयर बेच्न चाहेको हुन सक्ने बताइएको छ । साउदी राजकुमार मोहम्मद बिन सलमान आफ्नो भिजन २०३० अनुसार देशको अर्थव्यवस्था छुट्टाछुट्टै क्षेत्रमा लगाउन चाहन्छन् ।

डेबिट हन्टरका अनुसार साउदी अबर आफ्नो मरुभूमि प्रयोग गरेर सौर्यऊर्जा उत्पादनमा अगाडि बढाउन चाहन्छ । उनका अनुसार अरामकोका लागि भविष्यमा मुस्किलको सामना गर्ने पस्थिति आउन सक्छ किनकि यतिखेर इन्धनको आम्दानीबाट लगानी कम हुँदै गइरहेको छ तर उसले अन्य नयाँ विकल्पहरु खोजीमा छ ।

आर्थिक विश्लेषक कमर आगा अरामकोको आईपीओमार्फत सेयर बेच्ने सोच सकारात्मक रहे पनि यसले कतिलाई आकर्षिक गर्न सक्छ भन्ने कुरा थाहा पाउन अझै कुनुपर्ने बताउँछन् । यदि यो आईपीओले लगानीकर्तालाई आकर्षित गर्न नसकेको खण्डमा यसको ठूलो घाटा स्वयं साउदी अरबलाई पर्ने उनको तर्क छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ७ : १८ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको