विकट जिल्लामा हवाई टिकटको सास्ती | Khabarhub Khabarhub

विकट जिल्लामा हवाई टिकटको सास्ती


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लाका नागरिकलाई जिल्ला बाहिर जान जहाजले उडान नगर्दा टिकट पाउन समस्या भएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उडान कम गरेका छन् ।

नेपालगञ्जबाट उडान गर्दै आएको सीता एयरलाइन्सले एक हप्तादेखि र समिट एयरलाइन्सले दुई दिनदेखि उडान बन्द गरेको छ । तारा एयरलाइन्सले दैनिक एक उडान गर्दै आए पनि कोठाबाट नै टिकट बुक गर्ने गरेको विमानस्थल पुगेका यात्रुले गुनासो गरेका छन् । जिल्ला बाहिर जानलाई पहुँचवालाले मात्रै टिकट पाउने गरेका छन् ।

निजी एयरलाइन्सले नियमविपरीत उडान गर्दा सबैभन्दा बढी विद्यार्थी मर्कामा परेका छन् । काठमाडौँमा अहेब अध्ययन गर्दै आएका गोरख तामाङले यही कात्तिक २८ गतेदेखि आफ्नो फाइनल परीक्षा दिन जान टिकटका लागि चार एयरलाइन्सका कार्यालयमा धाउँदा पनि कोही नभेटिएको गुनासो पोखे । यस्तै सिमकोट गाउँपालिका–२ का प्रेम भण्डारीले सिमकोट विमानस्थलमा टिकटका लागि गत हप्तादेखि धाए पनि नपाएको दुखेसो गरे ।

सुर्खेत र नेपालगञ्जबाट नियमित उडान गर्ने सहमति गरेका सीता, तारा, र समिट एयरलाइन्सले उडान नगर्दा यात्रुलाई टिकट पाउन मुस्किल भएको छ ।

सिमकोट विमानस्थलका प्रमुख गौरीशङ्कर शाहले निजी एयरलाइन्सले नियमानुसार हप्ताको एक उडान भरिरहेका बताए । नेपाल एयरलाइन्सले भने एक हप्तामा तीन उडान गर्ने सहमति गरे पनि हप्ताका दुई उडान गर्दै आएको उनले जानकारी दिए ।

तीन, चार दिनको अन्तरालमा एक उडान गर्ने निजी जहाजले कोठा र फोनका आधारमै टिकट बाँडफाँट गर्ने गरेको सिमकोट विमानस्थलमा भेटिएका साधारणको गुनासो छ ।

जिल्लाका तल्लो क्षेत्रका हुम्लीलाई बाहिर जान सिमकोट पुगे पनि टिकट पाउन समस्या हुनुका साथै टिकटको पैसा होटलमा बास बसेर खाना खाँदैमा जाने गरेको गुनासो जनक सुनारले गुनासो गरे।

नेपालगञ्ज र सुर्खेतदेखि नियमित उडान नहुँदा दशैँ मनाएर जिल्ला बाहिर जाने यहाँका नागरिकलाई सास्ती भएको छ । बिहान ६ बजेदेखि विमानस्थलमा टिकटका लागि लाइन लागे पनि टिकट पाउन मुस्किल भएको उनले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ७ : ४६ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका