मेथीका फाइदा र प्रयोग गर्ने तरिका | Khabarhub Khabarhub

मेथीका फाइदा र प्रयोग गर्ने तरिका


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मेथी साग तथा मसलाको रूपमा प्रयोग गरिन्छ । मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ पनि हो । आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । प्राचिन काल देखिनै यस्को औषधीय गुणका कारण तरकारी तथा औषधीको रुपमा प्रयोग गरिंदै आएको छ ।

मेथीको दाना र साग स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । यहाँ हामीले मेथीको साग र मेथीका दानाले मानव स्वास्थ्यमा पुर्‍याउँने फाइदाका बारेमा जानकारी दिएका छौं ।

मेथीको दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फोस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन् । यसका साथै, यसमा भरपूर मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, सुगर, फस्फरोस एसिडजस्ता पौष्टिक तत्व पाइन्छ । मेथीको दानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई समाधान गर्न फाइदा पुर्याउने गर्दछ ।

मेथीका फाइदा

१. मोटोपनको नियन्त्रण

मेथीमा उच्च मात्रामा फाइवर हुन्छ । यसले पाचन प्रणालीमा सहयोग गर्छ । यसले शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पनि कम गर्दिन्छ । विहानमा एक गिलास मेथीको पानी पिउनुस् यसले शरीरलाई अत्यन्तै फाइदा गर्छ ।

२. चम्किलो छाला

अनुहार चम्किलो पार्न चाहनु हुन्छ भने मेथी तपाइँलाई चाहिने चिज हो । मेथीको दानाले शरीरमा रहेका विभिन्न फ्रि रेडिकल्सलाई बाहिर निकाल्छ ।

मेथीको दानाको पेष्ट बनाएर लगाउँदा अनुहारमा रहेका काला घेरा र अन्य समस्या समेत हट्छन् । यसले छालाको कलर टोन बढाउँछ एवं मृत तन्तुहरु हटाउँछ त्यसकारण अनुहार चम्किलो देखिन्छ ।

३. पाचन प्रणालीमा सुधार

मेथीको सेवनले पाचन प्रणालीलाई राम्रो तुल्याउँछ । यसले पेट पोल्ने र अन्य समस्या समेत हटाउँछ । पाचन सम्बन्धी कुनै पनि समस्या भएको ब्यक्तिका लागि मेथीको सेवन अत्यन्तै फाइदाजनक हुन्छ ।

४. सुगरको नियन्त्रण

मेथीको सेवनले रगतमा हुने सुगर लेवल पनि नियन्त्रित हुन्छ । मेथीमा हुने एमीनो एसिडले प्याङ्क्रियाजमा हुने इन्सुलिनको प्रभाव बढाउँछ र यसले रगतमा हुने सुगरको मात्रा नियन्त्रण गर्छ । यसैले मधुमेहका रोगीहरुलाई पनि मेथी सेवन राम्रो मानिन्छ ।

५. मृगौलाका लागि राम्रो

मेथीको सेवनले मृगौलालाई पनि स्वस्थ राख्छ । मेथीमा हुने तत्वले पत्थरीको समस्या हुनेलाई समेत फाइदा गर्छ । यसले भित्रका विकार पिसावको माध्यमबाट बाहिर निकाल्छ ।

६. ज्वरो नियन्त्रण

यदि तपाइँलाई ज्वरो आएको छ भने एक चम्चा कागतीको रशमा मह र मेथी मिसाएर खाँदा ज्वरो घटछ । यसले आराम अनुभव गराउँछ । यसले घाँटीमा हुने खस खस पनि हटाउँछ ।

७. महिलालाई उपयोगी

मेथीले महिलामा स्तन वृद्धी गर्न सहयोग गर्छ । यसले महिलाले बच्चालाई खुवाउनका लागि दुधको उत्पादन पनि बढाइदिन्छ । महिलामा हुने विशिष्ठ समस्यामा मेथीले औषधीको काम गर्छ ।

८. कपाल झर्न रोक्छ

मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ ।

९. चायाँबाट मुक्ति

यदि तपाइँलाई चायाँको समस्या छ भने मेथी तपाइँका लागि अचुक औषधी बन्छ । टाउकाको छाला सुख्खा भएर समस्या भयो भने मेथी त्यसका लागि सरल घरेलु उपाय हो । मेथीमा दही मिसाएर पेष्ट बनाउनुस र यसलाई कपालको जरा सम्म पुग्ने गरी लगाउनुस् । अलि अलि मसाज गर्नुस् । ३० मिनेटपछि धुनुस् तपाइँको कपालमा चायाँक समस्या तत्काल समाधान हुन्छ ।

१०. डन्डीफोर नियन्त्रण

मेथीका दाना डन्डीफोर नियन्त्रणका लागि पनि निक्कै उपयोगी मानिन्छ । यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दाग समेत हटाइदिन्छ । डन्डीफोरले दिक्क पारेको छ भने मेथी तपाइँका लागि अचुक औषधी हो । मेथीका दाना पिस्नुस् र पेष्ट बनाउनुस् यसमा थोरै मह हाल्नुस् । मेथी र महको पेष्ट सुत्नु अघि अनुहारमा लगाउनुस् विहान उठेर चिसो पानीले धुनुस् । डन्डीफोरको समस्या समाधान हुन्छ ।

कम गुणकारी छैन मेथीको साग पनि

१. मेथीको साग वा मेथीको दानाको चुर्ण प्रतिदिन खाँदा तपाईंको वजन नियन्त्रणमा रहन्छ, र बोसोको मात्रा बिस्तारै कम हुँदै जान्छ ।

२. घरका बृद्धबृद्धाहरुले जाडोमा मेथी र ड्राइफुडको लड्डु खाएको तपाईंले देख्नुभएको होला । यसको प्रमुख कारण यो हो कि मेथीको सेवनले जोर्नीको दुखाईबाट मुक्ति दिन्छ । यसको बिउ होस वा पात, दुवैले जोर्नीको दुखाईलाई समानरुपले हल गर्छन् ।

४. मेथीको हरियो पातको तरकारीमा प्याज हालेर खाँदा रक्तचापको समस्याबाट छुट्कारा पाउन सकिन्छ । न्यून रक्तचाप हुनेहरुका लागि पनि मेथीको मसलावाला सागले फाइदा पुर्‍याउँछ । खासगरी अदुवा र गरम मसला यसमा लाभकारी हुन्छन् ।

५. यदि तपाईंलाई बारम्बार पिशाब आउने समस्या छ भने मेथीको पातको रसले तपाईंलाई निकै फाइदा पुग्छ । दैनिक यसको सेवनबाट तपाईको समस्या बिल्कुल समाप्त भएर जान्छ ।

६. मेथीको साग नित्य सेवन गर्दा मुटुसम्बन्धी रोगलाई नजिक आउन दिँदैन । यसले हृदयघातको सम्भावनालाई निमिट्यान्न बनाउँछ र तपाईं आफ्नो मुटुलाई पूर्णरुपमा स्वस्थ राख्न सक्नुहुन्छ ।

८. पेटमा किरा परेको बेलामा पनि मेथीले एउटा सटिक औषधिको काम गर्छ । अधिकांश बच्चामा यो समस्या देखिन्छ । यस्तोमा मेथीको पातको रस निकालेर बच्चालाई प्रतिदिन एक चम्चा खुवाउनुपर्छ ।

९. धेरैजसो मानिसहरुलाई पेटसम्बन्धि समस्या हुने गर्दछ । जसमध्ये कब्जियत र ग्यास्ट्रिक प्रमुख हुन् । मेथीको हरियो साग खानाले पाचनतन्त्रले सुचारुरुपमा काम गर्नुका साथै कब्जियत वा ग्यास्ट्रिक जस्ता समस्याबाट छुट्कारा दिलाउँछ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ८ : १६ बजे

‘सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ’

काठमाडौं–  बाढीपहिरोका घटनाबाट प्रभावित क्षेत्रका अवरुद्ध सडक खुलाउने, क्षतिग्रस्त खानेपानीका

इरानी तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई इरानको तेल साइटहरुमा

बागमतीका मुख्यमन्त्री र मन्त्रीले बाढी प्रभावितलाई १५ दिनको तलब दिने

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासहित मन्त्रीहरूले बाढी प्रभावितलाई १५

भारतको मेघालयमा बाढीपहिरो, दश जनाको मृत्यु

नयाँ दिल्ली– भारतको उत्तरपूर्वी राज्य मेघालयमा बाढी र पहिरोका कारण

नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला जारी

भक्तपुर – नेपाल पत्रकार महासङ्घका प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय