२ हजार जित्ने लोभमा ५० अण्डा खाने शर्त, ४२ वटा खाँदै दम तोडे ! | Khabarhub Khabarhub

२ हजार जित्ने लोभमा ५० अण्डा खाने शर्त, ४२ वटा खाँदै दम तोडे !


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चाहिने भन्दा बढी जे पनि हानिकारक हुन्छ । उखान यसै बनाएको होइन ‘घाटी हेरी हाड निल्नु’ । शरीरले पचाउन सक्ने क्षमता नहुँदा जिद्दी गरेर केही हुँदैन । उल्टै मृत्युको कारण बन्न सक्छ । यस्तै एउटा घटना घटेको छ भारतको उत्तर प्रदेशमा ।

उत्तर प्रदेशको जौनपुरमा एक व्यक्तिले हासी–मजाकमै ५० वटा अण्डा खाने बाजी लगाए । त्यही बाजी नै उनको मृत्युको कारण बनेको छ ।

उत्तर प्रदेशको बीबीगंज बजारमा ५० वटा अण्डा खाने शर्तमा सुभाष यादवको ज्यान गएको हो । शाहगंजको कोतवाल क्षेत्रस्थित धौरहरा गाउँका थिए उनी ।

गत शुक्रबार बेलुकी सुभाष आफ्ना एक साथीसँग बीबीगंज पुगेका थिए । जहाँ एक होटेलमा हासी मजाकमै उनीहरुबीच कसले कति अण्डा खान सक्छ भन्ने विषयमा कुरा चल्यो । तँ भन्दा म के कम ? भन्ने स्थिति आएपछि दुईजनाबीच एक बोतल म‘दिरा र ५० अण्डा जस्ले खान सक्छ उसले २ हजार रुपैयाँ जित्छ भन्ने बाजी लगाए ।

बाजी जित्नका लागि शुभाषले धमाधम अण्डा खान थाले ४१ अण्डा उनले आरामले खाए । तर, ४२ औं अण्डा खानेवित्तिकै उनी बेहोस बनेर लडे । तत्पश्चात त्यहाँ भएका केही मानिसहरुले उनलाई तत्काल जिल्ला अस्पताल पुर्‍याएका थिए । तर अवस्था निकै नाजूक बनिसकेको थियो ।

डाक्टरले उनलाई लखनउको संजय गान्धी स्नातकोत्तर आयुर्विज्ञान संस्थामा रिफर ग¥यो । तर उनीलाई त्यहाँ लगिए पनि कुनै फाइदा भएन । उपचारको दौरान उनको मृत्यु भयो ।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार सुभाषले यही वर्ष नै दोस्रो विवाह गरेका थिए । उनको पहिलो पत्नीबाट चार छोरी छन् । उनले छोरा जन्माउने चाहानाअनुरुप दोस्रो विवाह गरेको बताइन्छ ।

उनकी दोस्री श्रीमति पनि गर्भवती भएको बताइएको छ । यस्तो अवस्थामा पतिको मृत्युको खबर सुनेर श्रीमती लगायत घरका सदस्यहरु विक्षिप्त बनेका छन् ।

दिनमा कति वटा अण्डा खानु राम्रो ?

अण्डा खानाले यसमा पाइने प्रोटिन शरीरभित्र पुगेर एल्बुमिनमा परिवर्तन हुन्छ । यही एल्बुमिनले शरीरको अधिकांश आवश्यकतालाई पुरा गर्छ, जस्तै कोशिकाहरुको मरम्मतदेखि लिएर समग्र स्वास्थ्यमा प्रोटिनको काम गर्छ ।

सामान्यतया एक वयस्क शरीरले दैनिक एक वा दुई वटा अण्डा खानु शरीरमा प्रोटिनको आवश्यकतालाई पुरा गर्छ । तर यदि मृगौला, कलेजको वा आन्द्रा कमजोर छ भने प्रोटिन खानुपर्ने हुन्छ, यस्तोमा चिकित्सकले बढी अण्डा खान सल्लाह दिन्छन् ।

यद्यपि, दैनिक दुईभन्दा बढी अण्डा खानु स्वास्थयका लागि हानिकारक मानिन्छ । ४२ वटा अण्डा खानाले सुभाष यादवको मृत्युलाई लिएर चिकित्सक डा. श्रीकान्त शर्मा बताउँछन्, ‘यो सम्भव छ’ । उनका अनुसार, एकै पटक यतिधेरै अण्डा खानले पेटमा पाइने ‘इसोभागस भ्यारिसेस’मा दबाब पर्छ र त्यो यति फैलन्छ कि जसका कारण आन्तरिक रक्तश्राव हुन थाल्छ र तत्काल मृत्यु हुनसक्छ ।

अण्डा र मदिरा एक साथ खानु पेटमा बढ्दो दबाब ‘एक्युट डिलेसन अफ स्टोमाच’को अवस्थामा उत्पन्न हुन्छ । यस अवस्थामा पेट भित्रका अंग अत्याधिक फुल्ने र फैलिने हुन्छ र त्यो फाट्छ, जसका कराण मृत्यु हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ९ : १० बजे

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी