भिटेनले गाए ‘सरौतो’ को प्रोमोशनल गीत « Khabarhub

भिटेनले गाए ‘सरौतो’ को प्रोमोशनल गीत


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – र्‍यापर भिटेन (समिर घिसिङ) ले चलचित्र ‘सरौतो’को प्रचारात्मक गीत गाएका छन् । उक्त गीतमा भिटेनकै शब्द तथा संगीत सुन्न सकिन्छ ।

तिहार पारेर छायांकन गरिएको गीतमा भिटेनलाई फरक रुपमा देख्न सकिनेछ । गीतको भिडियोमा भिटेन सँगसँगै नायिका सुमी मोक्तानको पनि अभिनय रहनेछ । फिल्मका निर्देशक हरी हुमागाईंका अनुसार फिल्मकै थिम अनुसार गीतलाई तयार पारिएको छ ।

फिल्मको कुरा गर्नुपर्दा ‘सरौतो’ मा सुमी मोक्तान, सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, विजय लामा, धिरेन शाक्य , युवराज लामा, मनिषा पुन मगर, प्रतिक दुलाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

एक्सनप्रधान यो चलचित्रमा रिभेन्जको कथा देखाइएको छ । फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईंको छायांकन, निमेष श्रेष्ठको सम्पादन, प्रविण मानन्धरको कलर, ब्याकग्राउण्ड स्कोर ग्लिटर स्टूडियो, शंकर महर्जनको एक्सन देख्न सकिन्छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १० : ५२ बजे

तीन तला माथिबाट खस्दा पाँच वर्षीया बालिकाको मृत्यु

बिर्तामोड– झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु

अष्ट्रेलियाकी विदेशमन्त्रीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

 काठमाडौं– अष्ट्रेलियाले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार सम्हालेकोमा बधाई दिएको

रवि–ज्ञानेन्द्रबीच भेट, उपसभामुखमा सहकार्यको संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछाने र

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ ।