अन्तत: पुसमा रिलिज हुने भयो स्वरुप र सुरक्षाको ‘सुस्केरा’ « Khabarhub

अन्तत: पुसमा रिलिज हुने भयो स्वरुप र सुरक्षाको ‘सुस्केरा’


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामो समयदेखि प्रदर्शन हुन नसकेको चलचित्र ‘सुस्केरा’ को रिलिज मिति तय गरिएको छ । यो फिल्म आउँदो पुस १८ गतेदेखि प्रदर्शनमा आउने भएको हो ।

स्वरुप पुरुष ढकाल र सुरक्षा पन्तको शीर्ष भूमिका रहेको यो फिल्म छायांकनको झण्डै ३ वर्षपछि रिलिज हुन लागेको हो । यही फिल्मबाट सुरक्षा पन्तले नायिकामा कमब्याक गरेकी थिइन् । तर, फिल्म रिलिज नहुँदै सुरक्षाले अन्य फिल्ममा काम गरिन् । यता स्वरुपले पनि ‘छक्का पञ्जा २’ मा काम गरे ।

साम्तेन भुटियाकै लेखन समेत रहेको ‘सुस्केरा’ लाई एसपी ढकाल र सिके ढकालले निर्माण गरेका हुन् । प्रेमकथामा आधारित यो फिल्म अन्य लभस्टोरी फिल्मभन्दा भिन्दै भएको निर्माण टिमको दाबी छ ।

फिल्मबाट शीर्ष भूमिका निभाएका स्वरुप पुरुष र सुरक्षा पनि आशावादी छन् । यो फिल्म प्राविधिक कारणले गर्दा ढिला प्रदर्शनमा आएको निर्देशक भुटियाले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ११ : १६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको