अफताव आलमको अदालती बयान शुरु « Khabarhub

अफताव आलमको अदालती बयान शुरु


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विस्फोटक पदार्थ (बम) उत्पादन, कर्तव्य ज्यान र ज्यान मारेको उद्योग गरेको अभियोग लागेका कांग्रेस नेता तथा ‘निलम्बित’ सांसद मोहम्मद अफताव आलमको अदालती बयान शुरु भएको छ ।

आलमको जिल्ला अदालत रौतहटमा बयान शुरु भएको हो ।

जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले आलमको बयान शुरु भएको जानकारी दिए ।

जिल्ला न्यायाधीश दीपक ढकालको इजलाशमा आलमको बयान शुरु भएको पराजुलीले जानकारी दिए ।

आलममाथि २७ चैत २०६४ मा बम विस्फोट गराइ बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इटाभट्टामा जलाएर कर्तव्य ज्यान गरी मारेको आरोप लागेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले सोमबार आलमसहितका १० जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ उत्पादन तथा ओसापोसारसम्बन्धी कसुरमा आजीवन काराबासको मागदाबी गर्दै अभियोग पत्र दायर गरेको थियो ।

उक्त मुद्दामा अभियुक्त बनाइएकामध्ये आलमबाहेकका अन्य सबै फरार छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १२ : १० बजे

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको