दश वर्षमा चोरहरुले आकाशे पुलै उठाए « Khabarhub

दश वर्षमा चोरहरुले आकाशे पुलै उठाए


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संसारमा चोरीका विभिन्न घटना बाहिर आउने गरेका छन् । चोरहरुले चोर्ने भनेको बहुमूल्य वस्तु तथा धन सम्पत्ति नै हो । तर चोरहरुले पुल नै चोेरे भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ ।

भारतको नयाँ दिल्लीस्थित एक आकाशे पुल नै चोरी भएको घटना बाहिर आएको छ । त्यसो त यस्तै घटना रुपमा पनि भएको छ । रुसको सुदूर उत्तरी आर्कटिक वृत्तमा पर्ने मुर्मान्स क्षेत्रमा रहेको एक रेल्वे पुल चोरहरुले चोरेका हुन् । पुलको २३ मिटर खण्ड चोरहरुले चोरी गरेका थिए ।

यता, भारतको राजधानी नयाँ दिल्लीमा चोरी भएको पुल चोरी कै कारण प्रयोगविहीन अवस्थामा पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सन् २०१० मा बनाइएको एउटा आकाशे पुलका विभिन्न सामान चोरी भएको हो । सामान चोरी भएकै कारण दुई वर्षयता उक्त पुल प्रयोगविहीन अवस्थामा छ ।

जवाहरलाल नेहरु रंगशाला अगाडि बनाइएको उक्त पुल निर्माण सम्पन्न भएको केही महिनापछि नै चोरी हुन थालेको हो । पुल सञ्चालन हुँदा सातामा १० हजारभन्दा बढी पैदलयात्रुले उक्त पुल प्रयोग गर्दथे ।

पुलमा प्रयोग भएका रेलिङ, इँटा, फलामका विभिन्न सामान चोरी भएको बताइएको छ । विभिन्न सामान चोरिएको अवस्थामा जीर्ण बनेको उक्त पुल के गर्ने भन्नेबारे सम्बन्धित निकायले अझै निर्णय लिइसकेको छैन ।

प्रहरीले पुल चोरीमा संलग्नमाथि कारवाही प्रक्रियासमेत सुरु गर्न सकेको छैन । दिल्ली प्रहरीले पुल चोरी भएको उजुरी नै नआएको भन्दै उजुरी बिना अनुसन्धान तथा कारवाही प्रक्रिया सुरु गर्न नसकिएको बताएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  २ : ०० बजे

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक

पनामामा भूकम्पपछि आपतकाल घोषणा 

एजेन्सी- शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा

आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुईतिहाइ मतले पारित

काठमाडौं– प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

दिवंगत विजय पौडेलको निवासमा पुगे अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिवंगत भएका डा.

गाजामा पाँच प्यालेस्टिनी लडाकु मारिएको इजरायलको दाबी

काठमाडौँ – इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई