दश वर्षमा चोरहरुले आकाशे पुलै उठाए « Khabarhub

दश वर्षमा चोरहरुले आकाशे पुलै उठाए


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संसारमा चोरीका विभिन्न घटना बाहिर आउने गरेका छन् । चोरहरुले चोर्ने भनेको बहुमूल्य वस्तु तथा धन सम्पत्ति नै हो । तर चोरहरुले पुल नै चोेरे भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ ।

भारतको नयाँ दिल्लीस्थित एक आकाशे पुल नै चोरी भएको घटना बाहिर आएको छ । त्यसो त यस्तै घटना रुपमा पनि भएको छ । रुसको सुदूर उत्तरी आर्कटिक वृत्तमा पर्ने मुर्मान्स क्षेत्रमा रहेको एक रेल्वे पुल चोरहरुले चोरेका हुन् । पुलको २३ मिटर खण्ड चोरहरुले चोरी गरेका थिए ।

यता, भारतको राजधानी नयाँ दिल्लीमा चोरी भएको पुल चोरी कै कारण प्रयोगविहीन अवस्थामा पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सन् २०१० मा बनाइएको एउटा आकाशे पुलका विभिन्न सामान चोरी भएको हो । सामान चोरी भएकै कारण दुई वर्षयता उक्त पुल प्रयोगविहीन अवस्थामा छ ।

जवाहरलाल नेहरु रंगशाला अगाडि बनाइएको उक्त पुल निर्माण सम्पन्न भएको केही महिनापछि नै चोरी हुन थालेको हो । पुल सञ्चालन हुँदा सातामा १० हजारभन्दा बढी पैदलयात्रुले उक्त पुल प्रयोग गर्दथे ।

पुलमा प्रयोग भएका रेलिङ, इँटा, फलामका विभिन्न सामान चोरी भएको बताइएको छ । विभिन्न सामान चोरिएको अवस्थामा जीर्ण बनेको उक्त पुल के गर्ने भन्नेबारे सम्बन्धित निकायले अझै निर्णय लिइसकेको छैन ।

प्रहरीले पुल चोरीमा संलग्नमाथि कारवाही प्रक्रियासमेत सुरु गर्न सकेको छैन । दिल्ली प्रहरीले पुल चोरी भएको उजुरी नै नआएको भन्दै उजुरी बिना अनुसन्धान तथा कारवाही प्रक्रिया सुरु गर्न नसकिएको बताएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  २ : ०० बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री