आयो बाहुबलीको झल्को दिने ‘पानीपत’ को ट्रेलर (भिडियो) « Khabarhub

आयो बाहुबलीको झल्को दिने ‘पानीपत’ को ट्रेलर (भिडियो)


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दी फिल्म ‘पानीपत’ को ट्रेलर सार्वजनिक गरिएको छ । सञ्जय दत्त, अर्जुन कपूर, कृति सेनन स्टार यो फिल्मको ट्रेलरमा जबरजस्त एक्सन देखाइएको छ ।

सञ्जय लीला भन्सालीको ‘पद्मावत’ र दक्षिण भारतीय फिल्म ‘बाहुबली’ को झल्को दिने यो फिल्ममा सञ्जय दत्तले अफगानिस्तानका एक क्रुर राजाको भूमिका निभाएका छन् । अर्जुन कपूर र कृति सेननलाई पनि दमदार भूमिकामा देखाइएको छ ।

यो फिल्म पानीपतको तेस्रो लडाइँमा आधारित छ । जुन लडाइँ सन् १७६१ जनवरी १४ मा भएको थियो । पानीपतको युद्धलाई १८ औँ शताब्दीको सबैभन्दा महत्त्वपूर्ण युद्धमध्ये एक मानिन्छ । सो युद्धमा आधारित फिल्म ‘पानीपत’ लाई आशुतोष गोवारिकरले निर्देशन गरेका हुन् ।

आशुतोषले यसअघि लगान, स्वदेश, जोधा अकबर लगायतका फिल्म बनाएका थिए । ‘पानीपत’ मा एक्सन, संवाद र फिल्मको सेटले दर्शकको ध्यान तानेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  २ : ३० बजे

रामेछापमा उज्यालो नेपाल पार्टीका योन्जनको अग्रता

काठमाडौं- रामेछाप प्रतिनिधिसभा निर्वाचन क्षेत्रको प्रारम्भिक मतगणनामा उज्यालो नेपाल पार्टीका

काठमाडौं-८ मा रास्वपाका विराज भक्त श्रेष्ठ पनि विजयी 

काठमाडौं– काठमाडौं क्षेत्र नं ८ मा रास्वपाका उम्मेदवार विराज भक्त

सुरक्षा र खनिज साझेदारीमा केन्द्रित कार्नीको जापान भ्रमण

टोकियो– इन्डो–प्यासिफिक क्षेत्रमा सुरक्षा सहकार्य, साइबर जोखिम र महत्त्वपूर्ण खनिज

काठमाडौं- ६ मा रास्वपाका शिशिर खनाल २१ हजार मतान्तरले विजयी 

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

१६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने इन्डोनेसियाको तयारी

जकार्ता– इन्डोनेसिया सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगबाट रोक्ने