एभीसी खेल्ने महिला भलिबल टोलीको घोषणा | Khabarhub Khabarhub

एभीसी खेल्ने महिला भलिबल टोलीको घोषणा


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला भलिबल टिमको घोषणा गरिएको छ ।

बंगलादेशमा आयोजना हुने उक्त प्रतियोगिताका लागि नेपाल भलिबल संघले मंगलबार अरुणा शाहीको कप्तानीमा १२ सदस्सीय नेपाली टिमको घोषणा गरेको हो ।

थाइल्याण्ड भ्रमणको दौरान खेलाडीले गरेको प्रदर्शनको आधारमा नेपाली टिम छनोट गरिएको भलिबल संघले जनाएको छ ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र एभीसी सेन्ट्रल जोनको तयारीका लागि नेपाली महिला टोलीले झन्डै एक महिना थाइल्याण्डमा प्रशिक्षण गरेर सोमबार मात्रै स्वदेश फर्किएको हो ।

एभीसी सेन्ट्रल जोन कात्तिक २१ देखि २९ गतेसम्म ढाकामा चल्नेछ । प्रतियोगितामा नेपाल, बंगलादेश, अफगानिस्तान, किर्गीस्तान, माल्दिभ्स र तुर्किमिनिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली टिम : अरुणा शाही (कप्तान), प्रतिभा माली,सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सोफिया पुन, उषा कुमारी बिष्ट, कमला पुन, सलिना श्रेष्ठ

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  २ : ५६ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून