फोटोकपीको विवादले रोकिएको आलमको बयान पुनः सुचारु « Khabarhub

फोटोकपीको विवादले रोकिएको आलमको बयान पुनः सुचारु


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेपाली कांग्रेसका नेता तथा ‘निलम्बित’ सांसद मोहम्मद अफताव आलमको अदालती बयान पुनः सुचारु भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले अदालतमा दायर गरेको अभियोग पत्र र मिसिलको प्रतिलिपि (फोटोकपी पेपर) नभएको भन्दै आलम पक्षका कानून व्यवसायीहरुले केही समय बयान रोकेका थिए ।

म‌ंगलबार बिहान करिब ११ः४५ बजेदेखि बयान शुरु भएपनि बीचमै आलम पक्षका कानून व्यवसायीहरुले अभियोग पत्र र मिसिलको प्रतिलिपि नपाएको भन्दै न्यायाधीशको ध्यानाकर्षण गराएका थिए ।

न्यायाधीशले कानून व्यवसायीहरुलाई मिसिल र अभियोग पत्रको प्रतिलिपि उपलब्ध गराउन भनेपछि केही समय बयान रोकिएको थियो ।

८ सय ३३ पृष्ठको मिसिल र ३९ पृष्ठको अभियोग पत्रको फोटोकपी गरेर प्रतिलिपि उपलब्ध गराइएपछि बयान शुरु भएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार आलमको बयान मंगलबार दिउँसो ३ बजेर २० मिनेटबाट पुनः शुचारु भएको छ ।

आलमविरुद्ध २७ चैत २०६४ मा आफ्नै काकाको घरमा बम बनाएको, बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएका व्यक्तिलाई इटाभट्टामा हालेर मारेको अभियोग लागेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र गैरकानूनी रुपमा विस्फोटक पदार्थ ओसारपोसार तथा उत्पादन गरेको अभियोगमा सोमबार जिल्ला अदालत रौतहटमा अभियोग पत्र दायर गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले आलमसहितका १० जनाविरुद्ध अभियोग पत्र दायर गरेपनि अरु भने फरार छन् ।

सरकारी वकिलले आलमसहितका अभियुक्त विरुद्ध आजीवन काराबासको सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ३ : ५९ बजे

तोक्मेडाँडा सामुदायिक वनमा आगलागी

काठमाडौँ – ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित तोक्मेडाँडा सामुदायिक वनमा आगलागी भएको

स्ववियु निर्देशिका : कार्यतालिका प्रकाशनसँगै विद्यार्थी भर्ना बन्द

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धि निर्देशिका–२०७९

महिला भलिबल प्रतियोगिताको उपाधि न्यू डायमण्डलाई

काठमाडौँ – छैटौँ संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल

चिनियाँ उद्धार टोली टर्की जाँदै

एजेन्सी – चिनियाँ उद्धार टोली बेइजिङबाट मङ्गलबार दिउँसो चार्टर्ड विमानमा

राजनीतिक दलमा स्वच्छता नभएकाले देश पछि पर्‍यो : नारायणमान बिजुक्छेँ

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले राजनीतिक