हेटौंडामा नेपाल–भारतमैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ « Khabarhub

हेटौंडामा नेपाल–भारतमैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश ३ का मुख्यमन्त्री डोरमणि डौलेलले भारत सरकारको सहयोगमा निर्माणधीन हेटौंडास्थित नेपाल–भारतमैत्री पोलिटेक्निकको शुभारम्भ गरेका छन् ।

मुख्यमन्त्री पौडेलले  नेपालका लागि भारती कार्यवहाक राजदूत डा. अजय कुमारको उपस्थितिमा मंगलबार नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश ३ का आर्थिक मामिला मन्त्री कैलाश ढुंगेल, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटिइभिटी) का सदस्य सचिव पुष्परमण वाग्ले लगायत ६ सय भन्दा बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

व्यवसायिक तालिमको क्षेत्रमा अत्याधुनिक पूर्वाधार परियोजनाको रुपमा रहेको यस परियोजना भारत–नेपाल विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारको भा.रु. ३८.५३ करोड अनुदान सहयोगमा निर्माण थालिएको हो ।

३२ एकड भन्दा बढी क्षेत्रफलमा यस पोलिटेक्निकको निर्माण हुनेछ । कूल १९,२०० वर्ग मिटर क्षेत्रफलमा निर्माण हुने पोलिटेक्निकमा प्रशासनिक भवन, प्राज्ञिक भवन, सभाहल, पुस्तकालय, कार्यशाला एवम् बहुद्देशीय हल, छात्र–छात्राका लागि छुट्टै होस्टल,
प्रधानाध्यापक तथा कर्मचारीका लागि आवासीय भवनका साथै खेलकुद तथा समुदायका लागि विभिन्न सुविधाको व्यवस्था हुने जनाइएको छ ।

यस परियोजना आगामी दुई वर्षभित्रमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ६ : २४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै