हेटौंडामा नेपाल–भारतमैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ « Khabarhub

हेटौंडामा नेपाल–भारतमैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश ३ का मुख्यमन्त्री डोरमणि डौलेलले भारत सरकारको सहयोगमा निर्माणधीन हेटौंडास्थित नेपाल–भारतमैत्री पोलिटेक्निकको शुभारम्भ गरेका छन् ।

मुख्यमन्त्री पौडेलले  नेपालका लागि भारती कार्यवहाक राजदूत डा. अजय कुमारको उपस्थितिमा मंगलबार नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश ३ का आर्थिक मामिला मन्त्री कैलाश ढुंगेल, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटिइभिटी) का सदस्य सचिव पुष्परमण वाग्ले लगायत ६ सय भन्दा बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

व्यवसायिक तालिमको क्षेत्रमा अत्याधुनिक पूर्वाधार परियोजनाको रुपमा रहेको यस परियोजना भारत–नेपाल विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारको भा.रु. ३८.५३ करोड अनुदान सहयोगमा निर्माण थालिएको हो ।

३२ एकड भन्दा बढी क्षेत्रफलमा यस पोलिटेक्निकको निर्माण हुनेछ । कूल १९,२०० वर्ग मिटर क्षेत्रफलमा निर्माण हुने पोलिटेक्निकमा प्रशासनिक भवन, प्राज्ञिक भवन, सभाहल, पुस्तकालय, कार्यशाला एवम् बहुद्देशीय हल, छात्र–छात्राका लागि छुट्टै होस्टल,
प्रधानाध्यापक तथा कर्मचारीका लागि आवासीय भवनका साथै खेलकुद तथा समुदायका लागि विभिन्न सुविधाको व्यवस्था हुने जनाइएको छ ।

यस परियोजना आगामी दुई वर्षभित्रमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ६ : २४ बजे

मध्यपूर्व संकटको असर विश्वभर : तेल, सुरक्षा र पर्यटन जोखिममा

दुबई– मध्यपूर्वमा तीन हप्तादेखि चर्किँदै गएको द्वन्द्वले विश्व अर्थतन्त्र, सुरक्षा

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौँ– जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका

सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि

निर्वाचन सम्पन्न भएकोमा नेपाललाई चीनको बधाई

काठमाडौँ– चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकोमा बधाई

ट्रम्पद्वारा इरानविरुद्धको सैन्य कारबाही घटाउने संकेत, तेलमाथिको प्रतिबन्धमा अस्थायी खुकुलोपन

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध जारी सैन्य अभियानलाई