बच्चालाई हरेक समय किटाणुबाट जोगाउनु अझ खतरा ! « Khabarhub

बच्चालाई हरेक समय किटाणुबाट जोगाउनु अझ खतरा !


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरैजसो अभिभावक आफ्नो बच्चालाई विभिन्न रोगको संक्रमण हुने डरले किटाणुहरुबाट बचाउन हर प्रयास गरिरहेका हुन्छन् ।

बच्चाको स्वास्थ्यलाई असर गर्ने बुझाइका कारण उनीहरु आवश्यकताभन्दा बढी नै किटाणुमुक्त बनाउन चाहन्छन् । विज्ञका अनुसार बच्चाको रोगप्रतिरोधात्मक क्षमताका लागि यसो गरिनु गलत हो ।

युनिभर्सिटी अफ सिकागोका प्राध्यापक गिलबर्ट भन्छन्, ‘किटाणु बच्चाको स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने अभिभावकको बुझाई छ । तर यो साचो होइन ।’

धरैजसो किटाणुले बच्चाको रोग प्रतिरोधात्मक प्रणालीलाई बलियो बनाउने उनी बताउँछन् ।

यो कुरा भर्खरै जन्मिएको शिशुका लागि भने त्यति प्रभावकारी नहुने उनको भनाइ छ । त्यसमा सावधानी अपनाउन आवश्यक छ । तर बिस्तारै शिशुको रोगप्रतिरोधात्मक प्रणालीको विकास हुँदै जाने भएकाले उनीहरुलाई बढी नै सुरक्षित राख्न खोजिनु हुँदैन ।

हरेक कुरामा सरसफाइ नखोज्नुहोस्

घरमा सामान्य रुपमा सरसफाइ त हुन्छ नै । तर हरेक कुरामा बच्चालाई स्यानिटाइजरले हात सफा गर्दिरहने तथा सामान्य फोहोर लाग्दा पनि नुहाइदिरहने कार्य राम्रो होइन ।

अधिकांश बिरामी बच्चालाई भ्याक्सिन दिने गरिन्छ । यसको अलावा उनीहरुलाई थोर–बहुत धुलो माटो तथा ब्याक्टेरियाको सामना गर्न पनि दिनु पर्ने विज्ञको भनाइ छ ।

घरपालुवा बच्चा साथी

अधिकांश मानिस घरमा गर्भवती हुने बित्तिकै बच्चालाई संक्रमण नहोस् भनेर घरपालुवा जनावर (कुकुर/बिरालो) छन् भने पाल्न छाड्छन् । भएकालाई पनि अरुलाई नै दिन्छन् । तर वास्तविकता ठीक यसको उल्टो छ ।

जुन बच्चा घरपालुवा जनावरको आसपास रहन्छ, उनमा रोग प्रतिरोधात्मक प्रणाली बलियो हुन्छ । त्यस्तै एलर्जीको समस्या पनि रहँदैन ।

त्यसैले तपाईंले घरमा पालेको कुकुरले बच्चाको अनुहारमा चाट्यो भने पनि चिन्ता नलिनु होला । त्यसबाट बच्चालाई थप बलियो हुन सहयोग पुग्ने छ ।

यसै कारण तपाईंको बच्चाले माटो खाए, हात फोहोर बनाए तथा जमिनमा खसेको खाने कुरा टिपेर खाएमा कुनै चिन्ता नलिनुहोला । यसबाट उनीहरुमा रोगप्रतिरोधात्मक क्षमता थप बलियो हुनेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ६ : १९ बजे

इ-कमर्स व्यवसायलाई व्यवस्थित गर्न नयाँ निर्देशिका जारी : पोर्टलमा सूचीकरण अनिवार्य

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय माध्यमबाट हुने व्यापारलाई

लिङ्देनको गुनासो : चुनावअघि नै राजासहितको नयाँ समझदारी गरौँ भन्दा कसैले सुनेनन्

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनपछि नयाँ

मतदान गर्नुअघि देश जलाउने र बनाउनेलाई चिनौँ : महेश बस्नेत

भक्तपुर- नेकपा एमालेका सचिव महेश बस्नेतले मध्यपुरथिमि क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटकको

गृहमन्त्री अर्यालद्वारा ‘रासस मिडिया सङ्ग्रहालय’ अवलोकन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले ‘रासस मिडिया सङ्ग्रहालय  र समाचार बुलेटिन