झापाबाट दुई ट्रक गोरु प्रहरी नियन्त्रणमा « Khabarhub

झापाबाट दुई ट्रक गोरु प्रहरी नियन्त्रणमा


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर- झापा प्रहरीले मंगलबार बिहान सुरुङ्गाबाट भारततर्फ तस्करी हुन लागेको दुई ट्रक पशुचौपाय नियन्त्रणमा लिएको छ । दुई ट्रक गोरु पक्राउ गरी भद्रपुर भन्सार पठाइएको झापा प्रहरीले जनाएको छ ।

४९ वटा गोरु भारत तस्करी हुन लागेको थाहा पाएपछि प्रहरीले कनकाईको तुलसीबारीबाट पक्राउ गरेको हो । विर्तामोड प्रहरीको नेतृत्वमा बिहान ४ बजे दुवै ट्रक पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए । प्रहरीले ना.५ख ५९४६ र ना.६ ख ३८४१ नम्बरको ट्रक पक्राउ गरेको हो ।

लामो समयदेखि प्रहरीलाई छलेर सुरुङ्गा हुँदै झापा गाउँपालिकाबाट पशुचौपाय तस्करी हुँदै आएको थियो । झापा गापाका स्थानीय युवाले तस्करी हुन लागेको थाहा पाएपछि जिल्ला प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पाउनसाथ जिल्ला प्रहरी प्रमुख दिनेशराज मैनालीले विर्तामोड प्रहरीलाई खबर गरी पक्राउ गर्न निर्देशन दिएको बताइएको छ ।

प्रहरीका अनुसार नवलपरासीबाट प्रमोद यादवले पठाएको चौपाय कनकाई नगरपालिका–३ का रमेश खरेलले आयात गरेका हुन् । प्रहरीले केही महिनायता झापा रुटको निगरानी बढाएको थियो । खरेललाई कामाटोलीका दिलीप विश्वकर्माले साथ दिँदै आएका थिए ।

झापा गाउँपालिकास्थित कामाटोलीमा चौपाय राख्ने केन्द्र(मण्डी) स्थापना गरेर भारतमा निकासी हुँदै आएको छ । झापा गाउँपालिकाले पशु बजारका लागि ठेक्का दिएपछि तस्करीका लागि सोही बजारलाई प्रयोग गर्दै आएको बताइएको छ । केही महिनाअघि भारतीय तस्करले नेपाली व्यापारीलाई कुटपिटसमेत गरेको घटना बाहिर आएको थियो । दैनिक चार/पाँच ट्रक पशुचौपाय तस्करीका लागि झापा गाउँपालिकाको बाटो प्रयोग हुन थालेको छ ।

झापा प्रहरीले तस्करी नियन्त्रणका लागि कडाइ गरेपछि ठूलो परिमाणमा मंगलबार चौपाय नियन्त्रणमा लिएको हो । झापाका प्रहरी उपरीक्षक मैनालीले चौपायको तस्करी शून्यमा झार्ने रणनीति रहेको बताए । मुख्य राजमार्गबाट दक्षिणतर्फ एउटा पनि चौपाय लैजान नदिने प्रहरी उपरीक्षक मैनालीको भनाइ छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ६ : ३७ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण