पाँच वर्षभित्र नेपाल डिजिटल बन्ने « Khabarhub

पाँच वर्षभित्र नेपाल डिजिटल बन्ने


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – अगामी पाँच वर्ष भित्रमा डिजिटल नेपाल बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल कार्यक्रम कार्यान्वयन कार्ययोजना बनाइसकेको छ ।

कार्यक्रम कार्यान्वय कार्ययोजनाका विषयमा मन्त्रालयद्वारा विराटनगरमा आयोजित अभिमुखीकरण कार्यक्रममा मन्त्रालयले आठ वटा क्षेत्र डिजिटल फाउण्डेशन, कृषि, शहरी पूर्वाधार, वित्त, पर्यटन, ऊर्जा, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रथमिकतामा राखेको छ ।

डिजिटल नेपालको कल्पनाले नै नेपालले विकासमा फड्को मार्न सक्ने, आर्थिक वृद्धिदर १० दशमलव चार प्रतिशत पुर्‍याउने र प्रत्येक नेपालीको वार्षिक आय एक हजार ६२ अमेरिकी डलरबाट एक हजार ६२० अमेरिकी डलर पुर्‍याउने, हरेक सरकारी सेवा सुविधामा जनताको उल्लेखनीय पहुँच पुर्‍याउने र नेपाली जनताको समय र लागतमा कमी ल्याई अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउने डिजिटल नेपालको कार्ययोजनामा परिभाषित गरिएको छ ।

डिजिटल नेपालले ठहर गरेको आठ वटा आधारमा डिजिटल फाउण्डेशन र शहरी पूर्वाधारका बारेमा मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मिश्र, कृषि, स्वास्थ्य र शिक्षाका विषयमा मन्त्रालयका उपसचिव रामगोविन्द अर्याल, ऊर्जा र पर्यटनका विषयमा मन्त्रालयका कम्प्युटर इन्जिनियर कल्पना ज्ञवाली र विद्युतीय हस्ताक्षर र यसको प्रयोगको विषयमा मन्त्रालयका उपसचिव अनिलकुमार दत्तले विस्तृत कार्य योजना प्रस्तुत गरेका थिए । दुई दिने सो कार्यक्रममा विभिन्न सरकारी कार्यालयका करिब ३० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ८ : ४५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु