रातिराति भैंसी र राँगाको हड्डी तथा छाला जलाउने ३ जना पक्राउ « Khabarhub

रातिराति भैंसी र राँगाको हड्डी तथा छाला जलाउने ३ जना पक्राउ


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकाको विभिन्न क्षेत्रमा राँगा तथा भैँसीको हड्डी र छाला जलाएर प्रदुषण फैलाएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोको टोलीले नख्खु खोलाबाट भैँसी र राँगाको हड्डी तथा छाला जलाइराखेको अवस्थामा तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको दिल्ली घर भई हाल सुनाकोठी बस्ने २८ वर्षीय शाजिद मुस्लिम, १९ वर्षका फेसल मुस्लिम र ४८ वर्षीय राजेश शेर्पा छन् ।

सामान्य सोधपुछपछि उनीहरुलाई ललितपुर महानगरपालिकामा पठाइएको छ । स्थानीय तहको क्षेत्राधिकार पर्ने भएकाले महानगरलाई बुझाइएको प्रहरीको भनाइ छ ।

केही दिनयता ललितपुर र काठमाडौंका विभिन्न क्षेत्रबाट रातको समयमा अस्वभाविक रुपमा दुर्गन्ध आउन थालेपछि सर्वसाधारणले प्रहरीसमक्ष गुनासो गरेका थिए ।

सर्वसाधारणको गुनासो बढ्दै गएपछि प्रहरीले दुर्गन्धको कारण खोज्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ७ : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै