दुर्गमजस्तै चक्रपथबाहिरको काठमाडौं « Khabarhub

दुर्गमजस्तै चक्रपथबाहिरको काठमाडौं


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिलो पटक राजधानी काठमाडौं उपत्यका छिर्ने जो कोहीले देशको राजधानी सबै रुपमा पूर्ण र समृद्ध होला भन्ने कल्पना गरेका हुन्छन् । तर, जब उनीहरु काठमाडौं आउँछन् आफ्नो गाउँको भन्दा खबरस्थिति देखेर राजधानी त यस्तो छ हाम्रो गाउँ कहिले बन्दा भन्दै खिस्स पर्छन् । राजधानी दैनिकले काठमाडौंको चक्रपथ बाहिरका बस्तीको निगरानी गरेर तयार पारेको समाचारमा यस्तै विषय उल्लेख गरिएको छ ।

चक्रपथ बाहिरको अवस्था दूरदराजको दुर्गम जस्तै छ । जहाँ धुवाँधुलो नियन्त्रणका कुनै योजना बनाइएका छैनन् । सडक, खानेपानी, ढल विस्तार र मर्मतको काम अलपत्र छाडिएको छ। सडकमा फुटपाथ छैन । सडकबक्तिको व्यवस्था गरिएको छैन् । बाटैमा असरल्ल फोहोर छ। ढल खोलामा मिसाइएको छ ।

त्यस्तै कांग्रेसका ५६ जिल्ला सभापतिहरुको चेतावनी शीर्षकको समाचारमा नेपाली कांग्रेसका सभापतिसहित केन्द्रीय सदस्यले महासमिति बैठकले पारित गरेको कुरा उल्टाएको भन्दै उक्त निर्णय नसच्याए विशेष महाधिवेशन बोलाउने सम्मको चेतावनी दिएका छन् ।

समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न सरकारले ८ क्षेत्र पहिचान गरी काम अघि बढाएको छ । छनोट गरिएका संवाहकमा यातायात, सूचना तथा सञ्चार पूर्वाधारको बृहत सञ्जालीकरण, जलविद्युत उत्पादन तथा हरित अर्थतन्त्र, गुणस्तरीय मानव पुँजी निर्माण तथा पूर्णउपयोग, उच्च उत्पादकत्व तथा प्रतिस्पर्धात्मक क्षमता र गुणस्तरीय पर्यटन सेवा रहेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ६ : ३६ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले