आजदेखि शुरु हुँदैछ ‘सी’ डिभिजन लिग फुटबल  « Khabarhub

आजदेखि शुरु हुँदैछ ‘सी’ डिभिजन लिग फुटबल 


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए’ र ‘बी’ डिभिजन लिग सकिएलगत्तै आजदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आयोजना गर्दैछ ।

‘सी’ डिभिजन लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्दैछन् । सहभागी ११ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा छ र समूह ‘बी’ मा पाँच क्लब छन् । दुवै समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

समूह ‘ए’ मा स्वयम्भू क्लब, कशामदेवी प्लानिङ ब्वाइज युनाइटेड, ओएसिस क्लब, मनोहरा एकीकृत युथ क्लब, सानोगौचरण युवा क्लब र सामाजिक युवा क्लब छन् । यस्तै समूह ‘बी’ मा वीरगन्ज युथ एकेडेमी, खालीबारी युवा फुटबल क्लब, महावीर स्टडिज एण्ड एथ्लेटिक्स एशोसिएसन, सानेपा क्लब र समाज कल्यान खेलकूद केन्द्र छन् ।

आज हुने उद्घाटन खेलमा खालीबारी युवा क्लब र समाज कल्याण खेलकूद केन्द्र क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए ।

लिगको विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाख पाउनेछन् । यसैगरी विधागत उत्कृष्टले रु २५ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १० : ४४ बजे

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा