धनगढी– गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्या काण्डका हत्यारा चाडै पत्ता लाग्ने बताएका छन् ।
प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी पुगेका गृहमन्त्री थापाले बुधवार धनगढीमा पत्रकारसँग कुरा गर्दै निर्मला प्रकरणबारे अनुसन्धान जारी रहेकोले घटनाको सत्यतथ्य सार्वजनिक हुने बताएका हुन् ।
उनले घटनाको अनुसन्धानका क्रममा शुरुवाती चरणमा प्रहरीबाट गल्ती भएका कारण हत्यारा पत्ता लाग्न समय लागेको स्वीकार गरेका छन् ।
प्रतिक्रिया