सरिता बनिन् ‘मिस तामाङ २०१९’, जितिन् एक लाख | Khabarhub Khabarhub

सरिता बनिन् ‘मिस तामाङ २०१९’, जितिन् एक लाख


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एभरेष्ट फेशन होम र नेपाल तामाङ कला सांस्कृतिक केन्द्रले संयुक्त रुपमा आयोजना गरेको ‘मिस तामाङ २०१९’ को ताज सरिता गिरीले जितेकी छिन् ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न ग्राण्ड फिनाले समारोहमा सरितालाई मिस तामाङ २०१९ घोषणा गरियो ।

उनी २२ प्रतिस्पर्धी सुन्दरीलाई पछि पार्दै विजेता बनिन् । जीतसँगै सरिताले नगद एक लाख, सिल्भर क्राउन र गिफ्ट पाइन् । विजेता सरितालाई सन् २०१८ की विजेता सिमरन स्याङबोले ताज लगाइदिएकी थिइन् ।

यस्तै सविना दोङ फस्ट रनर अप बनिन् भने अप्सरा स्याङतान सेकेन्ड रनर अप बनिन् । ‘मिस तामाङ २०१९’ को थर्ड रनर अपमा कविता योञ्जन र फोर्थ रनर अपमा लक्की स्याङ्ग्बोले नाम लेखाए ।

विजेताले क्रमशः रुपैयाँ ५० हजार, २५ हजार तथा क्राउन र गिफ्ट ह्याम्पर हात पारे ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ११ : २६ बजे

ग्यास चुहिएर आगलागी हुँदा वृद्धाको मृत्यु

पर्वत– जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी

धुम्बाराहीको पार्टी प्यालेसमा माओवादी बैठक (तस्बिरहरू)

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक धुम्बाराहीमा

रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर

बागमती प्रदेश प्रमुख देवकोटासमक्ष वार्षिक प्रतिवेदन पेस

मकवानपुर– राष्ट्रिय दलित आयोग बागमती प्रदेशले आर्थिक वर्ष २०८०/८१ को

‘पेज टर्नर’ले एकसाथ ल्यायो चार कृति

काठमाडौं– पेज टर्नर प्रकाशनले अंग्रेजी नयाँ संवतको अवसर पारेर चार