उपचारका लागि कोरियाबाट आर्थिक सहयोग | Khabarhub Khabarhub

उपचारका लागि कोरियाबाट आर्थिक सहयोग


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- सायल गाउँपालिका–३ की पार्वती थापाको उपचारका लागि सुदूरपश्चिम घर भई कोरियामा बस्दै आएका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

गर्भवतीसमेत रहेकी थापा गएको एक महीनाअघि घर नजिकैको भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् । लडेर टाउकोमा गम्भीर चोट लागेकी उनको उपचारका लागि आफन्तले ‘पार्वती बचाउ’ अभियान सञ्चालन गरेका थिए । उक्त अभियानअन्तर्गत सुदूरपश्चिम घर भई कोरियामा बस्दै आएका युवाले उपचारका लागि एक लाख ४८ हजार २ सय ११ सङ्कलन गरेर उनका श्रीमान् हरिपाल थापालाई हस्तान्तरण गरिएको छ ।

कोरियाबाट पठाएको रकम डोटीका सञ्चारकर्मी शङ्कर थापाले उनलाई शिक्षण अस्पताल काठमाडौँमा हस्तान्तरण गरे। कोरियामा बस्दै आएका वीरबहादुर जोरा, छत्र पनेरु, दिलबहादुर मडै, भक्तराज भट्ट र पुष्प ओझाको अगुवाइमा रकम सङ्कलन गरिएको हो ।

उक्त अभियानमा ६९ ले सहयोग गरेको वीरबहादुर जोराले जानकारी दिए । दिपायलमा जारी प्रादेशिक महोत्सवमा समेत पार्वतीका लागि सहयोग रकम सङ्कलन गर्ने अभियान शुरु गरिएको चेम्वर अफ कमर्स डोटीका सचिव तेजबहादुर डुम्रेलले जानकारी दिए।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १२ : ०५ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग