एक हप्ता भित्र कर नतिर्नेले प्याराग्लाइडिङ उडाउन नपाउने « Khabarhub

एक हप्ता भित्र कर नतिर्नेले प्याराग्लाइडिङ उडाउन नपाउने


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा–  पोखरामा प्याराग्लाइडिङ उडान सञ्चालन गर्दै आएका कम्पनीले पोखरा महानगरपालिकालाई कर तिर्ने सहमति गरेपछि आजदेखि बन्द गर्ने भनिएको उडान पूर्ववत नै सञ्चालन रहने भएको छ ।

उडान कम्पनीले २०७२ सालदेखि हालसम्मको कर नतिरेको भन्दै महानगरपालिकाले तीे उडान आजदेखि बन्द गर्ने चेतावनी दिएपछि मङ्गलबार साँझ महानगरपालिका र हवाई खेलकूद संस्था, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ सङ्घ (नेफा)बीच भएको छलफलपश्चात्को सहमतिका आधारमा व्यवसायी कर तिर्न सहमत भएका हुन् ।

महानगरपालिका–१८ का वडाध्यक्ष रणबहादुर थापाका अनुसार समहतिसँगै आगामी एक हप्ताभित्र प्रत्येक कम्पनीले रु ८६ हजारका दरले कर तिर्ने भएका छन् । सहमतिअनुरुप, एक हप्ताभित्र उक्त शुल्क नतिर्ने कम्पनीलाई उडान गर्न नदिइने उनले जानकारी दिए ।

पोखरामा ६० भन्दा बढी प्याराग्लाइडिङ कम्पनीले उडान गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १२ : ०९ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले