रेशम चौधरीको सांसद पद अब के हुन्छ ? « Khabarhub

रेशम चौधरीको सांसद पद अब के हुन्छ ?


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीकापुर हत्याकाण्डमा दोषी ठहर भएसँगै निलम्बित सांसद रेशम चौधरीको पद खारेज हुने भएको छ ।

जेलमै रहेको अवस्थामा संसदको शपथ लिएका रेशम चौधरीलाई जन्मकैदको फैसला कैलाली जिल्ला अदालते गरेसँगै उनको पद खारेज हुने भएको हो ।

संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले नैतिक पतन देखिने फौजदारी कसुर प्रमाणित भएकाले सांसद पद स्वतः खारेज हुने बताए ।
‘अदालतले दोषी ठहर गरेपछि सांसद रहने कानूनी व्यवस्था छैन’ प्रवक्ता पाण्डले भने,‘संसदको नियमावली अनुसार उनी पदमा रहन मिल्दैन ।’
फरार रहेको अवस्थामा नै चुनाव लडेका चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए ।

७ भदौं २०७२ मा नाबालकसहित आठ जनाको हत्या भएको मुद्दामा चौधरीसहित ५८ जनालाई विपक्षी बनाइएको थियो ।

बुधबार कैलाली जिल्ला अदालतले टीकापुर काण्डमा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ३ : ३२ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ