रेशम चौधरीको सांसद पद अब के हुन्छ ? | Khabarhub Khabarhub

रेशम चौधरीको सांसद पद अब के हुन्छ ?


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीकापुर हत्याकाण्डमा दोषी ठहर भएसँगै निलम्बित सांसद रेशम चौधरीको पद खारेज हुने भएको छ ।

जेलमै रहेको अवस्थामा संसदको शपथ लिएका रेशम चौधरीलाई जन्मकैदको फैसला कैलाली जिल्ला अदालते गरेसँगै उनको पद खारेज हुने भएको हो ।

संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले नैतिक पतन देखिने फौजदारी कसुर प्रमाणित भएकाले सांसद पद स्वतः खारेज हुने बताए ।
‘अदालतले दोषी ठहर गरेपछि सांसद रहने कानूनी व्यवस्था छैन’ प्रवक्ता पाण्डले भने,‘संसदको नियमावली अनुसार उनी पदमा रहन मिल्दैन ।’
फरार रहेको अवस्थामा नै चुनाव लडेका चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए ।

७ भदौं २०७२ मा नाबालकसहित आठ जनाको हत्या भएको मुद्दामा चौधरीसहित ५८ जनालाई विपक्षी बनाइएको थियो ।

बुधबार कैलाली जिल्ला अदालतले टीकापुर काण्डमा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ३ : ३२ बजे

बाबुराम भट्टराईले भने : पुरानाले दलले पालैपालो गणतन्त्रको हुर्मत लिँदै छन्

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदबाट पारित संवैधानिक परिषद्

‘आयोडिनयुक्त नुन ऐन’ परिमार्जन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं – उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको

पार्टी हितविपरीत काम नगर्न २६ नेता कार्यकर्तालाई कांग्रेसले गरायो सचेत

काठमाडाैं । नेपाली कांग्रेसले पार्टी विरुद्ध गतिविधिमा संलग्न भएको भन्दै

सर्लाही र रौतहटबाट स्रोत नखुलेको रकमसहित दुई जना नियन्त्रणमा

काठमाडाैं – स्रोत नखुलेको २३ लाख २८ हजार ५०० नेपाली

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले विशेषज्ञ चिकित्सकसहितको सेवा