ज्वरो प्रभावित गाउँमा स्वास्थ्यकर्मीको टोली « Khabarhub

ज्वरो प्रभावित गाउँमा स्वास्थ्यकर्मीको टोली


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मार्तडी–  बाजुराको बूढीनन्दा नगरपालिका–३ नुरीको सिङ्गो गाउँ नै भाइरल ज्वरोले प्रभावित भएको खबर आएपछि बुधबार बिहान स्वास्थ्यकर्मीको टोली उक्त क्षेत्रमा पुगेको छ ।

सिङ्गो गाउँका मान्छे बिरामी भएको खबर पाएपछि औषधिसहित स्वास्थ्यकर्मीको टोली गाउँ पुगेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । स्वाथ्यकर्मीको टोलीले १०८ को उपचार गरेको बताइएको छ ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा गणेश चौधरीले ४८ पुरुष र ६० महिलालाई घर घरमा पुगेर चेक जाँचसहित उपचार गरेको जानकारी दिए ।

उपचारका लागि गाउँमा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रबाट दुई र फेज नेपालबाट तीन गरी पाँच स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेको ३ नंका वडाध्यक्ष रामबहादुर बोहराले बताए ।

सिङ्गो गाउँलाई नै उपचार गरिएको अध्यक्ष बोहराले जानकारी दिए । उक्त क्षेत्रका अधिकांश भाइरल ज्वरोको सङ्क्रमणमा परेका फेज नेपालमा कार्यरत अनमी सञ्जु कार्कीले बताइन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ३ : ३९ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम