हिन्दु धर्मको अपमान गर्दा मन्त्री पद खुस्कियो « Khabarhub

हिन्दु धर्मको अपमान गर्दा मन्त्री पद खुस्कियो


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको पन्जाब प्रान्तका एकजना मन्त्रीले हिन्दू धर्मको अपमान हुनेगरी टिप्पणी गरेपछि राजीनामा दिन बाध्य भएका छन् ।
पन्जाब प्रान्तका सूचना तथा सँस्कृतिमन्त्री फैयाज अल हसन चौहानले अघिल्लो महिना लाहौर शहरमा भारततर्फ लक्षित गर्दै हिन्दु धर्मावलम्बीहरु गाईको पिसाब पिउने र मूर्तिको पूजा गर्ने मानिसहरुको भएको र उनीहरुले मुसलमानसँग कुनै किसिमको प्रतिस्पर्धा गर्न नसक्ने टिप्पणी गरेका थिए ।

उनको टिप्पणी सामाजिक सञ्जालमा भाइरल भएपछि पन्जाब प्रान्तका मुख्यमन्त्री सरदार उसमान बुजदारले चौहानलाई डाकेर राजीनामा दिन भनेपछि उनले राजनीनामा दिन बाध्य भएका हुन् ।चौहानको टप्पणीले पाकिस्तानमा रहेको हिन्दु अल्पसङख्यकमाथि प्रहार भएको र त्यसले पाकिस्तानको सहिष्णुतालाई खलल पुर्‍याउने भन्दै विभिन्न क्षेत्रबाट चर्को आलोचना भएको थियो ।

त्यसअघि चौहानले आफ्नो टिप्पणी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीतर्फ लक्षित रहेको भन्दै माफी समेत मागेका थिए । उनको माफीपछि पन्जाब प्रान्तका मुख्यमन्त्री बुजदारले चौहानको माफी स्वीकार गरेको जनाएपनि प्रधानमन्त्री खानले चौहानलाई जसरी पनि राजनामा दिन लगाउनू भन्ने निर्देशन दिएको कारण उनले राजीनामा दिएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

मुसलमानबहुल मुलुक पाकिस्तानमा हिन्दु धर्मावलम्बी सबैभन्दा ठूलो धार्मिक अल्पसङ्ख्यकको रुपमा रहेका छन् । कुल २२ करोड जनसङ्ख्यामध्ये पाकिस्तानमा ७५ लाख देखि १ करोडसम्म हिन्दु धर्मावलम्बीको बसोबास रहेको बताइन्छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ४ : ५५ बजे

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा

भानुभक्तको सालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ– लमजुङमा भानुभक्त आचार्यको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग