उत्तर कोरियाद्वारा सोहे प्रक्षेपण केन्द्र पुनः मर्मत « Khabarhub

उत्तर कोरियाद्वारा सोहे प्रक्षेपण केन्द्र पुनः मर्मत


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाले यसअघि भत्काएको भनिएको सोहे यान प्रक्षेपण केन्द्र पुनः मर्मत गरेको प्रतिवेदन सार्वजनिक भएको छ ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको राजधानी हनोईमा भएको शिखर वार्ताको ठिक दुई दिनपछि डिजिटल ग्लोब नामक संस्थाले खिचेको भनिएको भू–उपग्रह तस्बीरमा उत्तर कोरियाको सोहे यान प्रक्षेपण केन्द्र मर्मत गरिएको र अर्को संभावित प्रक्षेपणका लागि तयार अवस्थामा राखिएको देखिएको छ ।

यसअघि गतवर्ष उत्तर कोरियाले अमेरिकासँग विश्वासको वातावरण बनाउनका लागि भन्दै सोहे प्रक्षेपण केन्द्र भत्काउन शुरु गरिएको जनाएको थियो । पछिल्ला केही समययता विभिन्न अमेरिकी थिङ्क ट्याङ्कहरुले उत्तर कोरियाले सोहे प्रक्षेपण केन्द्रलाई मर्मत गरिरहेको बताउँदै आएका थिए ।

टोङचाङ रि क्षेत्रमा रहेको सोहे प्रक्षेपण केन्द्र सन् २०१२ यता उत्तर कोरियाको सबैभन्दा ठूलो अन्तरिक्ष यान प्रक्षेपण केन्द्रको रुपमा रहँदै आएको छ । त्यसबाहेक त्यहाँ अन्तरमहादेशीय ब्यालिष्टिक क्षेप्यास्त्रमा प्रयोग हुने इन्जिनको पनि परीक्षण हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि उत्तर कोरियाले त्यहाँबाट उन्हा अन्तरिक्षययान प्रक्षेपण गरेपनि हालसम्म एकपटक पनि ब्यालिष्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छैन ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ५ : ३२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल