दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ बाक रिहा « Khabarhub

दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ बाक रिहा


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उपल्लो अदालतको आदेशपछि दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ बाक जमानतमा रिहा भएका छन् । राजधानी सिओलमा रहेको उच्च अदालतले ७७ वर्षीय लीको स्वास्थ्य अवस्था देखाउँदै जमानतमा रिहा गर्न आदेश दिएपछि ली बुधबार रिहा भएको दक्षिण कोरियाको योन्हाप समाचार संस्थाले जनाएको छ ।

भ्रष्टाचार तथा अकुत सम्पत्ति कमाएको अभियोगमा गत अक्टोबर महिनामा दक्षिण कोरियाली अदालतले लीलाई १५ वर्षको जेल सजाय सुनाएको थियो । उनीमाथि कर नतिरेको अभियोगमा जेल परेका दक्षिण कोरियाको सबैभन्दा ठूलो कम्पनी सामसुङका अध्यक्षलाई राष्ट्रपतीय माफी दिँदा घुस लिएको तथा करोडौँ डलर बराबरको कालो धन जम्मा पारेको अभियोग लागेको थियो ।

यद्यपि उनले आफू निर्दोष रहेको र राजनीतिक प्रतिशोध साँध्नका लागि आफूलाई जेल हालिएको बाकले दाबी गर्दै आएका छन् । पूर्व राष्ट्रपति लीले गत जनवरीमा डायबिटिज र सुताइमा समस्याका कारण आफ्नो स्वास्थ्य अवस्था ठिक नरहेको भन्दै आफूलाई जमानतमा रिहा गर्न अदालतमा रिट दायर गरेका थिए ।

ली सन् २००८ देखि सन् २०१३ सम्म दक्षिण कोरियाको राष्ट्रपति रहेका थिए । दक्षिण कोरियामा पूर्व राष्ट्रपतिहरु आपराधि अभियोगमा जेल पर्नु नौलो कुरा भने नरहेको बताइन्छ । दक्षिण कोरियाका हाल जीवित रहेका सबै ४ पूर्व राष्ट्रपतिहरु विरुद्ध आपराधिक अभियोग लागिसकेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ५ : ४१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको