२१ वर्षीया काइल जेनरले ताेडिन् जुकरबर्गको रेकर्ड « Khabarhub

२१ वर्षीया काइल जेनरले ताेडिन् जुकरबर्गको रेकर्ड


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– २१ वर्षीया काइल जेनर विश्वकै सबैभन्दा कान्छी अर्बपति बनेकी छिन् । अमेरिकाको फोब्र्स पत्रिकाले सार्वजनिक गरेको अर्बपतिको सूचीमा रहेकी जेनर काइल कस्मेटिक्स नामक कम्पनीकी संस्थापक समेत हुन् ।

फोब्र्सका अनुसार जेनरको सम्पत्ति १ अर्ब २ करोड डलर छ । यसअघि सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्ग २३ वर्षको उमेरमा विश्वका सबैभन्दा कान्छा अर्बपति बनेका थिए ।

तर, २१ वर्षको उमेरमा अर्बपति बनेकी जेनरले जुकरबर्गको कीर्तिमान तोडेकी हुन् । काइलले स्थापना गरेको काइल कस्मटिक्सले हालै उल्टा ब्युटी नामक कम्पनीसँग साझेदारीको सम्झौता गरेपछि कम्पनी र काइलको व्यक्तिगत सम्पत्ति ह्वात्तै बढेको बताइन्छ । काइल अमेरिकी टेलिभिजनकर्मी किम कर्डशनकी सौतेनी बहिनी समेत हुन् ।

फोब्र्सको अर्बपतिको सूचीको शीषस्थानमा यस वर्षपनि अनलाइन खुद्रा कारोबार गर्ने कम्पनी अमेजनका संस्थापक जेफ बेजोस छन् उनको सम्पत्ति १ खर्ब ३१ अर्ब अमेरिकी डलर बराबर रहेको फोब्र्सले जनाएको छ । त्यस्तै फोब्र्सको अर्बपतिको सूचीको दोश्रो स्थानमा माइक्रोसफ्टका प्रमुख कार्यकारी बिल गेट्स छन् । बिल गेट्सको सम्पत्ति ९६ अर्ब ५० करोड डलरभन्दा धेरै छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ६ : २३ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति